उदयपुर- ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका–८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको हो।
रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।