काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २७४ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २०३, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,४२९ रहेको छ।
तीमध्ये काठमाडौंमा १,२२८, भक्तपुरमा ५८२ र ललितपुरमा ६१९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।