काठमाडौं- पछिल्लो २४ घन्टामा देशभरिमा ५९१ जना कोरोना संक्रमित थपिएका छन्।
७,६५४ जनामा गरिएको पिसिआर परीक्षणबाट ५२३ र २,०४३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०५,५६० जनामा र एन्टिजेन परीक्षणबाट ९३,४३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ९३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,८२,३९३ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२९३ पुगेको छ।
अहिले देशभरिमा ११,८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १०,८४७ जना होम आइसोलेसनमा र १,०२७ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।
त्यसैगरी २८० जनाको आईसियुमा उपचार भइरहँदा ९९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।