बिर्तामोड- झापामा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको छ ।
साहित्यकार, गीतकार, कलाकार भगवती ढुंगेलको अध्यक्षतामा स्थापित प्रतिष्ठानको उपाध्यक्ष इन्द्रप्रसाद कटुवाल, सचिव पवन शिवाकोटी, सहसचिव रेवता भट्टराई, कोषाध्यक्ष सीता कुँवर तथा सदस्यहरू लोकबहादुर सुवेदी र मुना प्रसाईं ा छन् ।
साहित्य, कला र संस्कृतिमा रुचि राख्ने व्यक्तिहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको ढुंगेलले बताइन् ।
प्रतिष्ठानले दशैं, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान तथा कृति विमोचन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, समीक्षक तथा कवि डा. ठाकुरप्रसाद पोखरेल, साहित्यकारहरू शिवकुमार पौडेल, पुण्यप्रसाद खरेल, गोपाल संग्रौला, कुमार भट्टराई, एनबी दाहाल, हस्त परियार, हरि रिमाल, विनोद खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।