काठमाडौं- गत असोज १९ गते पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागको आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सम्पन्न गरेको छ । कार्यक्रम संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सहयोगमा संचालन भएको थियो ।
उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माको प्रमुख आतिथि थिए भने पशु सेवा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।
कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लामा रेबिज रोग नियन्त्रण सम्बन्धित थियो । रेबिज रोग नियन्त्रणका लागि धुलिखेल नगरपालिकाले आफ्नो संकल्प प्रस्ताव गरेको छ ।
सन् २०३० (वि.सं. २०८७) सम्ममा कुकुरको टोकाइका कारण रेबिज रोगबाट हुने मानव मृत्युलाई शून्यमा झार्ने अन्तरराष्ट्रिय प्रतिवद्धता अनुसार सो लक्ष्यलाई प्राप्त गर्न सबै सरोकारवालाहरूको सहभागिता आवश्यक रहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रेबिज रोग नियन्त्रण सम्बन्धमा भएको छलफलबाट हालसम्म रेबिज रोगका विरूद्ध स्थानीय तहको अग्रसरतामा बहुपक्षीय सरोकारवालाहरूले पुरÞ्याउनु भएको योगदान तथा उपलब्धिहरूलाई आत्मसात् गर्दै सबैले आ आफ्नो क्षेत्रबाट कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ संकल्प प्रस्ताव समेत पारित गरिएको छ ।
धुलिखेल नगरपालिकाले गरेका प्रस्तावना यस प्रकार छन् :
१. वि.सं. २०८७ सम्ममा कुकुरको टोकाइका कारण रेविज रोगबाट हुने मानव मृत्युलाई शून्यमा पुन्याउने अभियानको सफलताको लागि सबैले आ–आफ्नो तहबाट कार्ययोजना तय गरी सोही अनुसार कार्य गर्ने ।
२. रेबिज रोग नियन्त्रणका लागि आवश्यक पर्ने साधनश्रोत, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुबा कुकुर दर्ता, बन्ध्याकरण र फोहरमैला व्यवस्थापन लगायतका कार्यबाट सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्ने।
३. रेविज रोग नियन्त्रणका लागि तीन तहका सरकारहरू तथा अन्य सरोकारवाला निकायवीच एकआपसमा हातेमालो गर्दै सहयोग आदानप्रदान गर्ने । यस क्रममा रेविज रोग नियन्त्रणका लागि आवश्यक खोप तथा क्षमता अभिवृद्धिका कार्य संघीय सरकारबाट व्यवस्थापन गर्ने ।
४. रेविज रोगबारे जनचेतनामूलक कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सञ्चार क्षेत्रको अधिकतम ।