काठमाडौं- पछिल्लो २४ घन्टामा देशभरिमा ८०५ जना कोरोना संक्रमित थपिएका छन्।
७,२६४ जनामा गरिएको पिसिआर परीक्षणबाट ६६७ र ३,४०८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,००,२८२ जनामा र एन्टिजेन परीक्षणबाट ९२,७९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ९११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७३,१४० पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२०० पुगेको छ।
अहिले देशभरिमा १५,९४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १४,७२८ जना होम आइसोलेसनमा र १,२१४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।
त्यसैगरी ३२९ सजनको आईसियुमा उपचार भइरहँदा ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।