Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

जयनगर-कुर्था रेल सञ्‍चालन मापदण्डमा तयार

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ अशोज २१ गते, १४:५४ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
जयनगर-कुर्था रेल सञ्‍चालन मापदण्डमा तयार
78
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल र भारतबीच सम्पन्‍न पाँचौँ क्रस बोर्डर रेल लिंक बैठकले ३४ किलोमिटर लामो जयनगर-कुर्था रेलमार्ग सञ्‍चालन मापदण्डमा हस्ताक्षर गरेको छ।

प्राचीन सहर जनकपुर हुँदै चल्ने रेलमार्गको सञ्‍चालन प्रक्रियाका मापदण्ड दुवै मुलुकका अधिकारीले हस्ताक्षर गरेका हुन्। नेपाल-भारत संयुक्त कार्यदलको बैठक बुधबार नयाँदिल्लीको चाणक्यपुरीमा सम्पन्‍न भएको हो।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार बैठक नेपाली प्रतिनिधि मण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले गरेका थिए। यस्तै, भारतीय पक्षको नेतृत्व रेलवे मन्त्रालयका ट्राफिक ट्रान्सपोर्टेसनतर्फका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए। बैठकमा भारतीय रेलवे, विदेश मन्त्रालय, कोन्कण रेल्वेज्, इर्कोन, केआरसीएलका उच्च अधिकारी सहभागी थिए।

यस्तै, नेपाली प्रतिमण्डलमा रेल विभाग, अर्थ र गृह मन्त्रालयका अधिकारीहरू थिए। कार्यदल बैठकमा दुई मुलुकबीच रेल सेवाको क्षेत्रमा प्राविधिक सहयोगबारे समीक्षा भएको थियो, जसमा जयनगर-बिजलपुरा-बर्दिवास तथा जोगवनी-विराटनगर क्रस बोर्डर रेलमार्गमा भइरहेको काम पनि सामेल थियो। नेपाली पक्षले जयनगर-कुर्था रेलमार्गमा भइरहेको तयारीबारे विस्तृत प्रस्तुति दिएको थियो।

भारतीय पक्षले यो खण्डमा रेल सञ्‍चालनका लागि पूर्ण सहयोग गर्ने सहमति दिएको छ। नेपाली पक्षले रेल सञ्‍चालनअघि नियामक ढाँचा तयार पार्न भारतीय पक्षको सहयोग मागेको थियो। त्यसमा पनि भारतीय पक्षले सहमति दिएको छ।

नेपालमा रेल सञ्‍चालनका लागि आवश्यक प्राविधिक सहयोग तथा रेलकर्मीहरूलाई तालिम र प्रशिक्षण दिन भारतीय पक्षले सहमति जनाएको छ। यस्तै, बैठकमा रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्ग निर्माण तथा दोस्रो चरणका परियोजनाहरूमा भएको प्रगतिबारे पनि छलफल भएको थियो।

Previous Post

पाकिस्तान भूकम्पमा २० को मृत्यु, तीन सयभन्दा बढी घाइते

Next Post

शुक्रबार मन्त्रिपरिषद् विस्तार, अपराह्न ४ बजे सपथ तय

Related Posts

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
नेपालीले चुनाव जिताएका अमेरिकी संसदकाे नेपालको पर्यटन विकासमा चासाे
देशभर

नेपालीले चुनाव जिताएका अमेरिकी संसदकाे नेपालको पर्यटन विकासमा चासाे

२०८० अशोज ६ गते, १४:३२ बजे प्रकाशित
कस्ताे रह्याे याे साताको शेयर बजार?
देशभर

कस्ताे रह्याे साताको शेयर बजार?

२०८० अशोज ६ गते, १३:४७ बजे प्रकाशित
Next Post
शुक्रबार मन्त्रिपरिषद् विस्तार, अपराह्न ४ बजे सपथ तय

शुक्रबार मन्त्रिपरिषद् विस्तार, अपराह्न ४ बजे सपथ तय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana