गैरआवासीय नेपाली संघको भावी नेतृत्व चयन हुने १०औं विश्व सम्मेलनका लागि बद्री केसीको प्यानल तय भएको छ।
केसीले वर्तमान कार्यसमितिका केही पदाधिकारीको साथ लिएर प्यानल बनाएका छन्। एमाले निकटको मत स्वतः प्राप्त हुने आशामा रहेका केसीले कांग्रेस र माओवादी केन्द्र पक्षधरलाई पनि आफ्नो टीममा समेट्न सफल भएका छन्।
डा केसी प्यानलमा वर्तमान महासचिव डा हेमराज शर्मा परेका छन्। बेलायत निवासी शर्माले आसन्न विश्व सम्मेलनमा केसी टीमबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। बागलुङ जन्मघर भएका शर्माले बेलायतबाट उम्मेदवारी दिँदा अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको मत घट्न सक्ने आकलन गरिएको छ।