काठमाडाैं- इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ। गएराति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ ले हरायो।
चेल्सीको जितमा टिमो वेर्नर, ट्रेवह चालोबह र बेन चिलवेलले गोल गरे भने साउथह्याम्पटनका जेम्स वार्ड प्रोवेसले गोल गरेका थिए।
नवौं मिनेटमा चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। ६१औं मिनेटमा वार्ड प्रोवेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले पेनाल्टीमा गोल गेल गरेका थिए।
७७औं मिनेटमा वार्ड प्रोवेसले रेर्डकार्ड पाएपछि साथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो। उनले चेल्सीका जोर्गिन्होलाई खराब ट्याकल गरेपछि रेफ्रि मार्फत रेडकार्ड दिएका थिए। त्यसको फाइदा उठाउँदै चेल्सीले ८४औं मिनेटमा अग्रता बनायो। उसका टिमो वेर्नरले गोल गरेका थिए।
त्यसपछि ८९औं मिनेटमा चिवलेवले उत्कृष्ट गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए।
यसैगरी म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमा बराबरीमा रोकिएको छ। शनिबार ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। ४३औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको पासमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, ६५औं मिनेटमा टाउनसेन्डले गोल गर्दै खेललाई बराबरीमा लाए।
जितपछि चेल्सी ७ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। साउथह्याम्पटन भने ४ अंकसहित १७औं स्थानमा छ।
त्यस्तै, युनाइटेड १४ अंकका साथ तेस्रो स्थानमा रहँदा १४ अंक नै जोडेको एभर्टन चौथो स्थानमा छ।