ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री बनेकी छन्।
विश्व बैंकमा इन्जिनियरका रूपमा कार्यरत नज्ला बौडेन रोमाधाने ट्युनिसियाको पहिलो प्रधानमन्त्री बनेकी हुन्।
राष्ट्रपति काइस सइदले बिहीबार उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। अघिल्ला प्रधानमन्त्रीलाई बर्खास्त गर्दै राष्ट्रपतिले बौडेनलाई कार्यकारी बनाएका हुन्।
दुई महिनाअघि राष्ट्रपति सइदविरुद्ध सत्ता विप्लवको आरोप लागेको थियो। गत महिना उनले प्रधानमन्त्री बर्खास्त गर्दै संसद् भंगसमेत गरेका थिए।
त्यसपछि नयाँ सरकार गठन गर्न सइदलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट व्यापक दबाब आइरहेको थियो।