काठमाडौं- युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमन्ड र डच क्लब अयाक्सले लगातार शतप्रतिशत नतिजा निकालेको छ । समूह सीमा रहेका यी दुई क्लब लिगमा लागतार दोस्रो जित निकाल्ने क्रममा डर्टमन्डले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई १–० ले हरायो भने आयाक्सले टर्किस क्लब बेसिकटासमाथि २–०को जित निकाल्यो।
घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन डोनयाल मालेनले निर्णायक गोल गरे। उनले ३७औं मिनेटमा जुडे बेलिङ्घमको पासमा गोल गरेका थिए। त्यसपछि गोल नुहँदा डर्टमन्ड विजयी भयो ।
यसैगरी बेसिकटासविरुद्ध आयक्सलाई जित दिलाउन स्टेभेन बर्गुइस र सेबास्टिन हलरले गोल गरे । दुवै गोल पहिलो हाफमै सम्भव भएको थियो।
बेसिकटासको मैदानमा १७औं मिनेटमा बर्गुइसको गोलमा आयाक्सले सुरुआती अग्रता लियो । ४३औं मिनेटमा हलरले गोल गर्दै आयाक्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा कुनै गोल नहुँदा आयाक्स २–०ले विजयी भयो।
समूह सीमा आयासक्स र डर्टमन्ड दुवैले ६ अंक जोडेका छन् । तर, गोलअन्तरका आधारमा अयाक्स शीर्ष स्थानमा रहँदा डर्टमन्ड दोस्रो स्थानमा छ। लगातार दोस्रो हार भोगेका स्पोर्टिङ र बेसिकटास भने अंकबिहीन छन्।