काठमाडौं- महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ।
बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो।
त्यसका लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ। त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्नेछ ।
विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधि, व्यवस्थापन समितिलगायत सरोकारवालाहरूसँग छलफल गरेर मात्रै खोल्नुपर्नेछ ।
साथै सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेलगायत २७ वटा मापदण्ड तयार गरिएको छ ।