काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएको दुई वर्ष पुग्न लागेको छ। डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर देखिएको छ।
विश्वभर फैलिँदा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिएका छन्। जुन मानव स्वास्थ्यका लागि निकै घातक सावित भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को भेरियन्ट अफ इन्ट्रेष्टमा अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टलाई सबैभन्दा घातक मानिएको छ। नेपालमा यीमध्ये डेल्टा र अल्फा भेरियन्टको संक्रमण देखिसकिएको छ भने बिटा र गामा भेरियन्ट भित्रिन सक्ने सम्भावना अधिक छ। चीनको वुहाननजिकै पशुपंक्षी व्यापार हुने एक बजारमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो। उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो। हालसम्म पनि भाइरसको प्रकोप कायमै छ। उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो। यसको संक्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ। भाइरसको नाम तीन शब्द कारोना, भाइरस र डिजिजसँगै सन् २०१९को संयोजनमा बनाइएको हो।
आनुवांशिक संरचनामा आरएनए भएका भाइरसको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस नामाकरण गरे, जसको बाह्य रूप किरीट अर्थात् श्रीपेच आकारको छ। त्यसलाई नेपालीमा ’किरीटाकार विषाणु’ वा ’किरीट विषाणु’ भनिए पनि कोरोनाभाइरस सजिलै बुझिने नाम हो।
अहिले यस भाइरसको विभिन्न किसिमका सयौं भेरियन्टहरू विश्वभरिनै देखापरेका छन्। तीमध्ये अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टलाई सबैभन्दा घातक मानिएको छ। डब्लूएचओले भेरियन्ट अफ कन्सर्नभित्र राखेका यी चार भेरिन्टलाई घातक मानिएको छ। यी भेरियन्ट विश्वभरि तीव्र रूपमा फैलिरहेका छन्।