Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home लङरिड

लिलिपुटबारे पूर्व प्रधानमन्त्री ओलीको दाबी गलत

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ अशोज ४ गते, ९:५४ बजे प्रकाशित
in लङरिड
0
83
SHARES
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय संगठन विभागले गत भाद्र २१ गते आयोजना गरेको बृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले हाल बनेको गठबन्धनको सरकारका बारेमा विभिन्न टिकाटिप्पणी गरेका छन् । हालै मात्रै एमालेबाट अलग भएका माओवादी र माधव नेपाल पक्षप्रति लक्षित गर्दै उनले तिनलाई अफ्रिकाका सानो मानव जातिको संज्ञा दिएका छन् । उनले भनेका छन्, “एउटा जाति हुन्छ, अफ्रिकामा लिलिपुट भन्ने, सानो ।

उनीहरुको प्रजनन उमेर भनेको सात/आठ वर्षमा हुन्छ । पन्ध्र वर्ष सम्ममा उनीहरु बुढापाका भइसक्छन् । प्रजनन उमेर सिद्दिन्छ । र, बिसदेखि बढी बाँचे हाम्रो सय वर्ष नाघेकोमा खुशी हुन्छौं नि, त्यस्तै पच्चिस वर्ष कोही पुग्यो भने उधुम हो, नत्र २० वर्षमा बितिसक्छ । त्यस्तो एउटा सानो जाति हुन्छ, बेग्लै खालको । लिलिपुट भन्छन् ।” साउथ एसिया चेकले ओलीको दाबी कति सत्य छ भनी जाँच गरेको छ । ओलीले अफ्रिकामा लिलिपुट नाम गरेको एक सानो मानव जाति रहेको दाबी गरेका छन् । तर लिलिपुट नाम गरेको सानो मानव जाति संसारको कुनै पनि कुनामा छैन ।

लिलिपुट कुनै जातिको नाम नभई अंग्रेजीभाषी साहित्यकार जोनाथन स्विफ्टले लेखेको चर्चित उपन्यास ‘गलिभर्स ट्राभल्स्’ मा उल्लेख गरिएको एक काल्पनिक टापुको नाम हो । १८ औं शताब्दीमा प्रकाशित उपन्यासमा प्रमुख पात्र लमियुल गलिभर नामक डाक्टरले गरेको यात्रामा भएका घटनाहरु समेटिएको छ । उक्त उपन्यासमा ती पात्रले गरेका विभिन्न ठाउँहरुको यात्राकाे चित्रण छ । तिनै ठाउँहरुमध्ये गलिभरले यात्रा गरेको पहिलो टापुको नाम हो, लिलिपुट । त्यो काल्पनिक टापु एकदमै सानो रहेको र त्यहाँ बसोबास गर्ने मानिसहरुको उचाइ ६ इन्च मात्र हुने उपन्यासमा उल्लेख छ ।

लेखकले लिलिपुटमा बस्ने ती साना मानिसहरुलाई लिलिपुटियन्स नाम दिएका छन् । बेलायतको ‘द गार्डियन’ समाचारपत्रमा सन् २०१३ मा प्रकाशित एक लेखमा गलिभर्स ट्राभल्स्लाई विश्वका उत्कृष्ट १०० उपन्यासमध्ये एक मानिएको थियो । जोनाथन स्विफ्टले उक्त उपन्यासमा लिलिपुटियनको शारीरिक विशेषताबारे केही उल्लेख गरेका छैनन् । तर उनीहरुलाई चलाख, स्वार्थी र हिंसात्मक मान्छेको रूपमा वर्णन गरेका छन् ।

उनले लिलिपुटको छिमेकी शत्रुको रुपमा अर्को सानो टापु ‘ब्लाफुस्कु’ को कल्पना गरेका छन्, जस्मा बसोबास गर्ने साना मानिसहरुलाई ‘ब्लाफुस्कुडियन्स’ नाम दिइएको छ । संसारभरि लिलिपुट नामको कुनै पनि जाति नरहेको र यो शब्द मात्र काल्पनिक रुपमा लेखकले आफ्नो उपन्यासमा प्रयोग गरेको पाइएको छ । हामीले यस विषयमा थप खोजी गर्दा ओलीले उल्लेख गरेको विवरण अफ्रिका र एसियामा बस्ने ‘पिग्मीज’ नामक एक मानव जातिसँग मेल खाएको पाइयो । शिकार गर्ने यी जाति सामान्यतया पाँच फिट अग्ला हुन्छन् ।

इन्साइक्लोपेडिया ब्रिटानिकाको अनलाइन संस्करणका अनुसार सबैभन्दा प्रख्यात पिग्मी समूह अफ्रिकामा भुमध्य रेखाको दायाँ-बायाँ बस्दछन् । पिग्मीज भनेर मुख्यत: यी समूहलाई चिनिन्छ । तिनीहरू क्यामरून, रुवाण्डा, बुरुन्डी, कंगो जस्ता मध्य र पश्चिम अफ्रीकी मुलुकका जंगलमा बस्छन् । तिनीहरुको जनसंख्या १२०,००० भएको अनुमान छ । एशियामा पिग्मीज नेग्रिटोसको नामले चिनिन्छ।

पिग्मीजहरुको औसत आयु १६ देखि २४ वर्षको हुने गर्दछ । औसत आयु कम भएकै कारण उनीहरु चाँडै यौवनावस्थामा प्रवेश गर्दछन् । ओलीले आफ्नो भाषणमा साना मानिस भनी पिग्मीजको बारेमा उल्लेख गरेका हुन सक्छन् । तर अफ्रिकामा रहेका साना मानव जातिलाई लिलिपुट भनिन्छ भन्ने उनको दाबी गलत छ किनकि लिलीपुट एक काल्पनिक टापु हो । ओलीले गरेको दाबी पिग्मीजको जैविक विशेषतासँग भने मिल्दोजुल्दो पाइएको छ ।

(यो सामग्री साउथ एसियाचेक डट ओआरजीले तयार पारेको हो ।)

Previous Post

यही साता सरकारमा :अध्यक्ष नेपाल

Next Post

एमाले सांसदहरूको नाराबाजीबीच संसदबाट बजेट पारित

Related Posts

चर्चा मधेशीको, संकटमा मैथिली !
feature-news-with-image

अभिवादन

२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
feature-news-with-image

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, ११:०९ बजे प्रकाशित
कुलमानको बिजुली बट्टा
feature-news-with-image

गणतन्त्रका महाराजा, महारानीको चर्तिकला

२०८० अशोज ६ गते, ११:०३ बजे प्रकाशित
सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?
लङरिड

सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?

२०८० अशोज ५ गते, १३:२३ बजे प्रकाशित
घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?
लङरिड

घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?

२०८० अशोज ५ गते, ९:२६ बजे प्रकाशित
यी १९ सचिव जाँदै छन् घर
लङरिड

यी १९ सचिव जाँदै छन् घर

२०८० अशोज ४ गते, १२:३३ बजे प्रकाशित
Next Post
एमाले सांसदहरूको नाराबाजीबीच संसदबाट बजेट पारित

एमाले सांसदहरूको नाराबाजीबीच संसदबाट बजेट पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana