काठमाडौं- नेपालमा थप सात सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सात सय ३४ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार १३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
सात हजार ३ सय ४ जनाको पिसिआर परीक्षण र दुई हजार सात सय ९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल २४ हजार ३१३ जना सक्रिय संक्रमित छन्।