Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home लङरिड

दशैंको मुखमा कर्णालीमा खाद्यान्न अभाव

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ अशोज २ गते, २०:५२ बजे प्रकाशित
in लङरिड
0
दशैंको मुखमा कर्णालीमा खाद्यान्न अभाव
76
SHARES
Share on FacebookShare on Twitter

खड्क सुनार/न्युज कारखाना 

मुगु- कर्णालीका हिमाली जिल्लामा महान चाड दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएको छ । यो वर्षको दशैंसम्म कर्णालीका मुगु, डोल्पामा खाद्यान्न अभाव हुने देखिएको छ । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोहरुमा खाद्यान्न पर्याप्त मौज्दात नभएपछि मुगुका सबै डिपो कार्यालय तथा विक्री केन्द्रहरु रित्तिनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव सुरु भएको हो ।   

जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपोकेन्द्र राता पानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरि ५ वटा डिपो तथा विक्री केन्द्र असार महिनादेखि हालसम्म रित्तै भएका हुन् । डिपो केन्द्रहरुमा ठेक्का प्रक्रियाको लागि टेण्डर प्रक्रिया भइरहेको र अन्तिम चरणमा पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जानकारी दिएको छ । 

डिपो केन्द्रबाट वितरण भइरहेको चामल आजभोलि सकिएपछि डिपो कार्यालय रित्तै भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका सूचना अधिकारी पुस्कर भामले बताए । संस्थानमा खाद्यान्न अभाव भएपछि बजारमा महंगो मोल हालेर चामल उपभोग गरिएका रहेका छन् । पछिल्लो समय यहाँका स्थानीयले एक प्याकको चामल २ हजारदेखि २५ सयसम्म हालेर खाने गरेको छायानाथ रारा नगरपालिका वडा नं १० का राजकली विकले बताइन् । 

शाखा कार्यालय गमगढी बजारमा अहिले ६ सय क्विन्टल चामल मौज्दात रहेको छ । जसमा ३ सय क्विन्टल मोटा र ३ सय क्विन्टल जापानी चामल रहेको भामले बताए । 

डोल्पामा पनि खाद्यान्न अभाव

यस्तै डोल्पाका ग्रामीण बस्तीमा खाद्यान्न अभाव हुन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरुमा खाद्यान्नको मौज्दात कम भएपछि ग्रामीण बस्तीमा खाद्यान्नको संकट देखिएको हो । 

वर्षायामको कारण बजारमा विक्री गरिने खाद्यान्नको मूल्य महँगो भएको र सहुलियत दरमा बिक्री हुने खाद्यान्न नभएपछि ग्रामीण बस्तीका सर्वसाधारण मर्कामा छन् । गत आर्थिक वर्ष डोल्पाका लागि १८ हजार क्विन्टल चामल विनियोजन भई बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

लिमिटेडका डोल्पास्थित प्रमुख कमलराज पाण्डेकाअनुसार अहिले दुनै शाखामा २५० क्विन्टल र जुफाल गोदाममा २०९ क्विन्टल चामल मात्र मौज्दात छ । मौज्दात चामल ग्रामीण बस्तीका विपन्न परिवार र बाढीपहिरोबाट विस्थापित हुने आपतकालीन अवस्थाका लागि राखिएको प्रमुख पाण्डेले जानकारी दिए ।

नेपाल सरकारले गत वर्ष माथिल्लो डोल्पाका लागि १ हजार ५०० क्विन्टल,  तल्लो डोल्पाका सर्मी डिपोका लागि ३०० क्विन्टल, काइगाउँ डिपोको लागि १ हजार क्विन्टल, दुनै शाखाका लागि ९ हजार क्विन्टल र जुफाल गोदाको लागि ४ हजार ५०० क्विन्टल गरेर १८ हजार क्विन्टल चामल छुट्याइएको थियो । 

कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्ला जिल्लामा नेपाल सरकारले ढुवानी अनुदानमा खाद्यान्न, नुन उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको चामल बिक्री भई नुन मात्रामा मौज्दात रहेको र नयाँ आर्थिक वर्षको चामल जिल्लामा आपूर्ति भइ नसकेकाले खाद्यान्न संकट भएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।   

डिपो केन्द्रहरुमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको पाण्डेले बताए । सेवाग्राहीमा दशैं नजिकिँदै गर्दा चामल पुर्‍याउन सकिएन भने कसरी मनाउने भन्ने चिन्ता छ । अहिले दैनिकरुपमा १ सयदेखि २ सयसम्म सदरमुकामलगायत टाढा टाढाबाट पनि आउने गरेको उनको भनाइ छ । उनले थपे, ‘आवश्यकताअनुसार स्थानीयलाई पुर्‍याउन सकिएको छैन ।’ 

शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुनु र डिपो केन्द्रहरु पनि रित्तिएलगत्तै आजभोलि यहाँका स्थानीयहरु बजारको चर्को मूल्यको चामल खान बाध्य भएका छन् ।   

मुगुमा छैन सहुलियत मुल्यको चामल

मुगुका स्थानीयले सहुलियत मुल्यको चामल पाएका छैनन् । सरकारले हरेक वर्ष दशैंतिहारजस्ता महान चाडपर्वको अवसर पारेर वितरण गर्दे आइरहेको सुपथ मुल्यको चामल नपाएका हुन् । मुगुमा हाल ६ सय क्विन्टल मात्र चामल गोदाममा मौज्दात रहेको र अभावका कारण मुगाली जनताले सो चामल नपाएका हुन् । 

चामल अहिले नै वितरण गर्दा दुई दिनमै शाखा कार्यालय रित्तिने सूचना अधिकारी पुस्कर भाम बताउँछन् । खाद्य सुरक्षा समितिको निर्णयअनुसार मुगुमा सहुलियत मुल्यको चामल अहिले नै वितरण नगरेर १५-२० असोजमा वितरण गर्ने कार्यालयले जानकारी दिएको छ ।  

Previous Post

नेपालमा कति छन् वैज्ञानिक ? छैन आँकडा

Next Post

संविधानविरुद्ध प्रतिगामी र दक्षिणपन्थी शक्ति : नेपाल

Related Posts

चम्पादेवी केबलकारप्रति स्थानीयवासी आक्रोसित, बाइपास गरिएकामा रुष्‍ट
feature-news-with-image

चम्पादेवी केबलकारप्रति स्थानीयवासी आक्रोसित, बाइपास गरिएकामा रुष्‍ट

२०८० अशोज ८ गते, ११:२९ बजे प्रकाशित
चर्चा मधेशीको, संकटमा मैथिली !
लङरिड

अभिवादन

२०८० अशोज ६ गते, १९:४५ बजे प्रकाशित
कुलमानको बिजुली बट्टा
लङरिड

गणतन्त्रका महाराजा, महारानीको चर्तिकला

२०८० अशोज ६ गते, १९:४१ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
लङरिड

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, १९:३९ बजे प्रकाशित
सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?
लङरिड

सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?

२०८० अशोज ५ गते, १३:२३ बजे प्रकाशित
घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?
लङरिड

घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?

२०८० अशोज ५ गते, ९:२६ बजे प्रकाशित
Next Post
संविधानविरुद्ध प्रतिगामी र दक्षिणपन्थी शक्ति : नेपाल

संविधानविरुद्ध प्रतिगामी र दक्षिणपन्थी शक्ति : नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana