Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

मुस्ताङमा प्रदेशका एक दर्जन योजना कटौती

Nisesh Pokharel by Nisesh Pokharel
२०७८ भदौ २२ गते, ८:५९ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
‘असारे विकास’मा दैनिक बग्दैछ अर्बौँ
73
SHARES
Share on FacebookShare on Twitter

जोमसोम, २१ भदौ ।

गण्डकी प्रदेशको पूर्ववर्ती सरकारले गरेका मुस्ताङका एक दर्जन विकास आयोजना सरकार परिवर्तनपछि प्रभावित बनेका छन् । प्रदेशअन्तर्गत उपल्लो मुस्ताङको ६ वटा र तल्लो मुस्ताङको ५ वटा गरी करिब ११ वटा विकास आयोजनाको काम प्रदेश सरकारले कटौती गरेको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिका रिङरोड सडक जोड्ने महत्वपूर्ण दुईवटा पक्की मोटरेबल पुलको योजना गत आर्थिक वर्ष प्रदेश सरकारले रातो किताबमा समावेश गरेको थियो ।

चालु आर्थिक वर्ष भने वर्तमान सरकारले त्यसलाई कटौती गरेको सांसद महेन्द्रबहादुर थकालीले जानकारी दिए । घरपझोङ रिङरोड सडक जोड्ने ठिनी र ढुम्बा खोलामा सर्भे तथा डीपीआर अन्तिम चरणमा पुगिसकेको छ ।

गण्डकी प्रदेशको पूर्वाधार निर्देशानालयले परामर्श दाता छनौट गरी पुलको डीपीआर बनाउने काम समेत अन्तिम चरणमा पुर्‍याएको प्रदेश सांसद थकालीको भनाइ छ ।

प्रदेशले गत आर्थिक वर्षमा ठेक्का सम्झौता भइ दायित्व सृजना भएको जोमसोम – ठिनी हुँदै नमुखुलेक जोड्ने सडकलाई कार्यक्रम समावेश गरेको छैन । उक्त सडकको दायित्व सृजना भइ १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

वारागुङ मुक्तिक्षेत्रको कागबेनी( झोङ सडक,थासाङ गापाको लेते डाँडा हुँदै कुञ्जो,टिटी,कोवाङ सडक आयोजना चालु वर्ष प्रदेशको कार्यक्रममा समावेश हुन सकेन ।यस्तै,लेते(कुञ्जो ,टिटी ताल सडक स्तरोन्नति गर्ने योजना समेत चालु वर्षको योजनामा समावेश हुन नसकेको प्रदेश सांसद महेन्दबहादुर थकालीले उल्लेख गरे ।

यस्तै गत वर्ष नियमित रुपमा आउने योजनाहरु मध्ये चालु वर्ष उपल्लो मुस्ताङका विभिन्न विकास योजनामा कटौती भएको प्रदेश सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।सांसद बिष्टका अनुसार लोघेकर दामोदरकुण्ड गापाको ढाक्मरदेखि घार गुम्बा हुँदै मराङ जोड्ने सडक गत वर्ष ५० लाख बिनियोजन भएको भएपनि चालु वर्ष कार्यक्रममा समावेश हुन सकेन ।

लोमान्थाङको न्यानोल खोलाबाट भार्चा गर्फु हुँदै नेचुङ भन्सार सडक,लोघकेर गापाकै ध्ये(ताङ्वे सडक प्रदेशको योजनामा समावेश नभएको सांसद बिष्टले उल्लेख गरे । यस्तै,सोही पालिकाको खेताङे सडक पुल कार्यक्रमबाटै हटाइएको छ ।उक्त पुलको डिपिआरसहित प्रारम्भिक चरणको काम सम्पन्न भईसकेको जनाईएको छ ।

उपल्लो मुस्ताङको चराङ खोलादेखि दामोदरकुण्ड जोड्ने सडक अघिल्लो वर्ष काम सम्पन्न हुन नसकेर दायित्व सृजना भई अधुरो रहेको कामको ७ लाख ९१ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

चालु वर्ष दामोदरकुण्ड जोड्ने पुलको लागि बजेट बिनियोजन नभएको सांसद बिष्टले जानकारी दिए ।

Previous Post

आज मोतीराम भट्टको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

Next Post

वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
Next Post
वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana