काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति पाँच सदस्यीय हुने भएको छ। अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल स्थायी समिति सदस्य तोकिएका छन् ।
यस्तै, भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ सदस्य तोकिएका छन् ।
पार्टीको केन्द्रीय प्रचार विभाग तथा प्रवक्ताको जिम्मेवारी जगन्नाथ खनाललाई दिइएको छ । सातै प्रदेशका इन्चार्ज पनि उक्त पार्टीले तोकेको छ ।
प्रदेश १ इन्चार्ज धनेन्द्र बस्नेत, प्रदेश २ इन्चार्ज धर्मनाथ शाह, वागमती इन्चार्ज केदार न्यौपाने र गण्डकी इन्चार्ज केशवलाल श्रेष्ठ, लुम्बिनी इन्चार्ज भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला, उपत्यकामा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्ज विजय पौडेल र प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी श्रीप्रसाद शाहले पाएका छन् ।
वरिष्ठ नेता खनाल संयोजक रहेको दस्तावेज मस्यौदा कमिटीमा अन्य १२ सदस्य छन्– वेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाक्री, राजेन्द्र राई र गणेश विक ।