बेइजिङ- चीनको कच्चा स्टिल उत्पादन गत महिना घटेको छ।
राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो। ‘जुलाईमा देशको कच्ची स्टिल उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,’ विभागले आफ्नो सूचनामा भनेको छ।
वर्षको पहिलो सात महिनामा कच्चा स्टिलको उत्पादन वर्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो। चीनले जुलाईमा एक करोड १० लाख टन स्टिल उत्पादन गरेको थियो। यो खघिल्लो बर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो।
एनबीएसका अनुसार जनवरी-जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतको वृद्धि हो। हालैका वर्षहरूमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टिल उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ।
चीनले यहाँको १३ औं पञ्चवर्षीय योजना अवधि सन् २०१६-२०२० मा आफ्नो स्टिल उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो।