Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

साताको शेयर बजार : ९५ अर्बको कारोबार

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ भदौ ५ गते, १८:४५ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब
71
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो ।

कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो । प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो ।

सङ्घीय संसद्को अर्थ समितिमा नेपाल धितोपत्र बार्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुले गैरकानूनी रुपमा खरिद गरिएको भनिएको एक कम्पनीको शेयरका बारेमा राम्रै बहस भयो । यद्यपि शेयर बजारमा भने केही कीर्तिमानसमेत कायम भयो । नेप्सेले तीन हजार दुई सयको विन्दु पछ्यायो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको सामान्य प्रभावमा बजारमा देखियो । बैंकले शेयर खरिदमा प्राप्त गर्दै आएको मार्जिन लेन्डिङको सीमामा कडाइ गरेको छ । यस्तै सिडी रेसियोमा पनि नयाँ व्यवस्था गरेको छ ।

कारोबारको अन्तिम दिन नेप्से दोहोरो अङ्कले घट्यो भने अन्य दिन सामान्य रुपमा मात्रै वृद्धि भए । कारोबार रकम औसतमा रु १८ अर्बको हाराहारीमा रहन पुग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता कूल दुई सय २९ कम्पनीको १५ करोड ७१ लाख २६ हजार चार सय ८४ कित्ता शेयर रु ९५ अर्ब नौ करोड ५८ लाख १३ हजार पाँच सय ९२ मूल्यमा खरिद–बिक्री भए ।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम गर्यो । त्यस दिन नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० विन्दुले घटेर ५८९.२८ मा पुग्यो । कूल दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो ।

कारोबारका आधारमा त्यस दिन नेपाल बैंक शीर्ष स्थानमा रही रु एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार आठ सय १५ बराबरको कारोबार भयो । आइतबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । त्यसमा खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्सुरेन्स कम्पनी थिए ।

साताको दोस्रो दिन सोमबार नेप्सेमा झिनो सुधार भयो भने कारोबार रकम रु १५ अर्ब ९३ करोडमा सीमित भयो । त्यस दिन नेप्से परिसूचक झिनो अङ्कले उकालो लाग्यो । आइतबारको तुलनामा नेप्से सम्हालिएर ५.७२ विन्दुले वृद्धि हुँदा तीन हजार १६०.०५ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ विन्दुले बढेर ५९२.।९३ मा पुग्यो । कूल दुई सय २७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता शेयर रु १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ मूल्यमा खरिद–बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुग्यो । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । त्यस दिन कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रही रु ७४ करोड ९७ हजार चार सय ५६ बराबरको कारोबार गर्यो ।

सोमबार पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास थिए ।

साताको तेस्रो दिन मङ्गलबार विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । नेप्से ०।२३ विन्दुले बढेर तीन हजार १६०।३१ मा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।३५ विन्दुले बढेर ५९३।२८ मा पुग्यो । कूल दुई सय २१ कम्पनीको तीन करोड छ लाख १३ हजार चार सय ३९ कित्ता शेयर रु १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुई सय ३७ मूल्यमा खरिद–बिक्री भए ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका अपी पावर कम्पनी शीर्ष स्थानमा रही रु ८६ करोड ३८ लाख २४ हजार सात सय १७ बराबरको शेयर खरिद–बिक्री भयो । मङ्गलबार विभिन्न १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

कारोबार हुने साताको चौथो दिन बुधबार नेप्से ३२.०४ विन्दुले बढेर तीन हजार १९२.३५ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ विन्दुले बढेर ५९६.६६ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार आठ सय ५५ कित्ता शेयर रु १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार नौ सय ९५ मूल्य बराबरको कारोबार भए ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढ्यो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुग्यो । कारोबारका आधारमा नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रही रु ७८ करोड ८७ लाख तीन हजार पाँच सय २० बराबरको शेयर खरिद–बिक्री भयो । त्यस दिन विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम बिहीबार भने करेक्शन देखियो । त्यस दिन नेप्सेमा १८.२४ विन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ विन्दुले घटेर ५९०.१५ विन्दुमा सीमित भयो ।

कूल दुई सय २९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६ सय ९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार सात सय ६७ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रही रु एक अर्ब १६ करोड ७८ लाख ३२ हजार चार सय ३५ बराबरको शेयर खरिद–बिक्री भयो । बिहीबार कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो ।

Previous Post

प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने

Next Post

वरिष्ठ कलाकार शम्भुराज थापा (बखते)को निधन

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
वरिष्ठ कलाकार शम्भुराज थापा (बखते)को निधन

वरिष्ठ कलाकार शम्भुराज थापा (बखते)को निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana