Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

अनशनरत भूपू गोर्खा सैनिकको तत्काल जीवन रक्षा गर्न सर्वोच्चको आदेश

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ भदौ ३ गते, २२:०४ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
भूमि आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
75
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं– सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज विभिन्न माग राख्दै अनसनरत नेपाली नागरिक धनबहादुर गुरुङ, ज्ञानराज राई र पुष्पा राना घलेसमेतको जीवन रक्षार्थ जे जो गर्नुपर्छ गरी आवश्यक व्यवस्था मिलाउन अन्तरिम आदेश गरेको हो ।

‘जीवनको सुरक्षा जस्तो गम्भीर विषयमा नेपाल सरकारले तत्काल ध्यान पु¥याउनुपर्ने देखिन्छ, मानव अधिकार र मानवीय दृष्टिकोणले हेर्दासमेत मानिसको बाँच्न पाउने हक प्राथमिक एवं महत्वपूर्ण रुपमा रहेको हुन्छ’, आदेशमा भनिएको छ, ‘जीउ ज्यानजस्तो संवेदनशील विषयको अवस्थासमेतलाई विचार गर्दा अनशनमा बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षाको आवश्यकता रहेको र सो व्यवस्था मिलाउनू ।’

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता सञ्जय अधिकारीले अनशनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्दै दायर गरेको रिटको सुुनुवाइपछि उक्त आदेश जारी भएको हो । व्यक्तिको बाँच्न पाउने अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेको हुनाले नागरिकको जीवन सुरक्षाको दायित्व नेपाल सरकारको रहेको भएको आदेशमा छ ।

रिट निवेदनमा नेपालको संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १८ को समानताको हकलाई प्रभावहीन हुन नदिन तत्काल उच्चस्तरीय समिति गठन गर्न, वार्तास्थल र वार्ताको समय तोक्न माग गरिएको थियो ।

भूतपूर्व गोर्खा सैनिकले तलब सुविधा पेन्सनसमेतको सम्बन्धमा पटकपटक बेलायत सरकारसमक्ष आफ्नो माग राख्दै समय समयमा विभिन्न आन्दोलन गर्दै आएका छन् । बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयको प्रतिनिधि तथा भूतपूर्व गोर्खा सैनिक सङ्घ÷संस्थाका प्रतिनिधि र नेपाल सरकारको तर्फबाट बेलायतस्थित नेपाली राजदूतसमेत संलग्न रहेको प्राविधिक समितिले पटकपटक छलफल गरेर मार्च २०१८ मा उक्त समस्या वार्ताद्वारा टुङ्ग्याउने सहमति भएको थियो ।

तर, यतिका समय बितिसक्दा पनि माग पूरा हुन नसकेको उल्लेख गर्दै गत साउन ३ गतेदेखि तीन जना आमरण अनशनमा बसेका छन् । अनशनरत व्यक्तिको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ ।

Previous Post

राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित

Next Post

रसुवामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
Next Post
पोर्चुगलमा नेपाली युवकको मृत्यु

रसुवामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana