Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

वडा कार्यालयले हडप्यो विश्‍व हिन्दू महासंघको जग्गा, तत्काल रोक्न अदालतको आदेश

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ साउन २० गते, २०:४३ बजे प्रकाशित
in देशभर
0
वडा कार्यालयले हडप्यो विश्‍व हिन्दू महासंघको जग्गा, तत्काल रोक्न अदालतको आदेश
83
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौं महानगरपालिका ३ नम्बर वडा कार्यालयले विश्व हिन्दू महासंघको नाममा रहेको जग्गा अतिक्रमण गरेको छ।

महासंघको कार्यालय भवनमै क्षति पुग्ने गरी वडा कार्यालयले तीन दिनयता डोजर लगाएर अतिक्रमण गरिरहेको छ। वडा कार्यालयले दमकल राख्ने ठाउँ निर्माण गर्न भन्दै महासंघको जमिनमा डोजर लगाएको हो।

भवनको पछाडिपट्टि गहिरो गरी डोजरमार्फत खनिएका कारण भवन जोखिममा परेको महासंघकी महासचिव अस्मिता भण्डारीले बताइन्।

तत्काल काम रोक्न उच्च अदालत पाटनले बुधबार दिएको आदेश

३० भदौ ०६२ को मन्त्रिपरिषद् बैठकबाट नेपाली सेनाको नाममा रहेको कित्ता नम्बर ५०६ को जग्गामध्येबाट आठ आना जग्गा महासंघको भवन निर्माणका लागि छुट्याइएको थियो।

कार्यालयको पूर्वतर्फको २२ रोपनी जग्गासमेत महासंघको नै नाममा भोगाधिकार छ। उक्त जग्गा मन्त्रिपरिषद्को १७ वैशाख ०५९ को निर्णयअनुसार महासंघले प्राप्त गरेको हो। नेपाल सरकारको स्वामित्त्वमा रहने गरी महासंघले उक्त जग्गा प्राप्त गरेको हो। सोही जग्गा कब्जा गर्ने उद्देश्यले वडा नम्बर ३ ले डोजर लगाइरहेको महासंघले जनाएको छ।

कोभिड-१९ महामारीका बेला कार्यालय बन्द रहेको, कर्मचारीहरू बिदामा रहेको र पदाधिकारीहरू देशबाहिर रहेको मौका छोपी वडा कार्यालयले इँटा र रडसमेत जम्मा पारी धमाधम डोजर लगाइरहेको छ।

महासंघको भवनको दक्षिणतर्फ जोडिएको नेपाली सेनाको करिब दुई रोपनी जग्गा छ। महासंघको जग्गामा डोजर लगाउन वडा कार्यालयले महासंघलाई जानकारीसमेत दिएको छैन।

‘वडा नम्बर ३ ले महासंघलाई कुनै जानकारी नै नदिई महासंघको कार्यालयलाई नै क्षति पुग्ने गरी कुनै साँध सिमानासमेत यकिन नगरी बाढी पहिरो र वर्षात्को समयमा अनावश्यक दुःख र हैरानी दिएको छ,’ महासचिव भण्डारीले भनिन्, ‘मन्त्रिपरिषद्को निर्णयबाट महासंघले प्राप्त गरेको जग्गा राजनीतिक बल र शक्तिको आडमा हडप्न खोजी विश्व हिन्दू महासंघलाई ठूलो अन्यायमा पारेको छ।’

२५ पुस ०६० मा रक्षा मन्त्रालयले विश्व हिन्दू महासंघलाई जग्गाको भोगचलन गर्न दिएको पत्र

उनका अनुसार तत्काल उक्त कार्य रोक्न महासंघले दायर गरेको रिटमा बुधबार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले वडा कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। यस्तै, २७ साउनमा दुवै पक्षलाई अदालतले छलफलका लागि बोलाएको छ।

महासंघले गत १३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई लिखित निवेदन पेश गर्दै वडा कार्यालयको उक्त काम तत्काल रोक लगाई दोषीउपर कारवाही गर्न माग गरेको छ।

वडाध्यक्षमाथि कारवाही माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई महासंघले दिएको निवेदन
जग्गाको लालपूर्जा
Previous Post

पूर्वमाओवादी नेताको रिटमा भएन आदेश, कर्णालीका ४ एमाले सांसदको पनि गयो पद

Next Post

जीवित संग्रहालयका रूपमा रहेको प्रहरी एकेडेमी नमास्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
जीवित संग्रहालयका रूपमा रहेको प्रहरी एकेडेमी नमास्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जीवित संग्रहालयका रूपमा रहेको प्रहरी एकेडेमी नमास्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana