Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विज्ञान/प्रविधि

एक सन्तान कम जन्माउँदा ५८.६ टन कार्बन उत्सर्जनमा कमी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ साउन १७ गते, १८:०२ बजे प्रकाशित
in विज्ञान/प्रविधि, विश्व/भूराजनीति
0
एक सन्तान कम जन्माउँदा ५८.६ टन कार्बन उत्सर्जनमा कमी
75
SHARES
Share on FacebookShare on Twitter

जलवायु परिवर्तनको सामना गर्न लिइएका प्राथमिकता गलत भएको सर्वेक्षणले देखाएको छ। अधिकांश मानिसले हरित गृह प्रभावविरुद्धको प्रभावकारी ‘एक्सन’लाई कम आँक्ने गरेको पाइएको छ ।

भविष्यमा हरित गृहबाट हुने ग्यास उत्सर्जन घटाउन कम सन्तान जन्माउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको नयाँ अध्ययनको निष्कर्ष छ । फ्रान्सको बजार अनुसन्धान फर्म ‘ग्लोबल मार्केट रिसर्च एन्ड पब्लिक ओपिनियन स्पेसलिस्ट (इप्सोस) को ‘पेरिल्स अफ पर्सेप्सन सर्भे’मा जलवायु परिवर्तनविरुद्ध प्रभावकारी ‘एक्सन’बारेमा गलत धारणा व्याप्त रहेको पाइएको हो ।

‘बजारमा धेरै मानिसले आफूले गर्न सक्ने सबैभन्दा प्रभावकारी कार्यलाई कम महत्त्व दिन्छन् र कम प्रभावकारी कदमलाई बढी,’ सर्वेक्षणको प्रतिवेदनमा भनिएको छ । यसबाट मानिसमा रहेको पूर्वधारणा कति गलत छ भन्ने देखिएको छ । र, त्यो वास्तविकताबाट धेरै टाढा रहेको स्पष्ट भएको छ ।

रिसाइक्लिङबाट बर्सेनि शून्य दशमलव दुई टन कार्बन डाइअक्साइड मात्र कम हुने गर्छ । तर, एक सन्तान कम हुँदा भविष्यमा ५८ दशमलव ६ टन कार्बन उत्सर्जनको बचत हुन्छ । यसलाई नौवटा जलवायु प्रभाव कार्यहरूमा नम्बर एक ¥यांकिङ दिइएको छ । तथापि, सर्वेक्षणमा सहभागी ११ प्रतिशत मानिसले मात्र यसलाई सबैभन्दा प्रभावकारी कार्यका रूपमा छनोट गरेका थिए ।

दोस्रो प्रभावकारी कार्यमा कार नहुनुलाई लिइएको छ । त्यसबाट बर्सेनि दुई दशमलव चार टन कार्बन उत्सर्जन कम हुने देखिएको छ । सर्वेक्षणमा सहभागी १७ प्रतिशत मानिसले मात्र यसलाई मुख्य तरिकाका रूपमा पहिचान गरे ।

कार्बन उत्सर्जन कम गर्ने तेस्रो उत्तम तरिका ६ घण्टा वा त्यसभन्दा लामो दूरीको उडानलाई जतिसक्दो कम गर्नु हो । त्यसबाट बर्सेनि १.६ टन कार्बन उत्सर्जन हुन रोक्न सकिन्छ । सर्वेक्षणमा सहभागी २१ प्रतिशत मानिसले यसलाई कार्बन कम गर्ने अवसरका रूपमा देखे ।

यस्तै, सहभागी ५९ प्रतिशत मानिसले रिसाइक्लिङलाई कार्बन उत्सर्जन कम गर्ने उत्तम तरिका भने । तर, धनी मुलुकमा बसोबास गर्ने मानिसहरूका लागि यो तरिका नौवटामध्ये सातौं स्थानमा पर्छ ।

जलवायु परिवर्तन कम गर्नका लागि चौथो मुख्य कदम नवीकरणीय ऊर्जाको प्रयोग हो । पेट्रोल वा डिजेलबाट चल्ने कारलाई विद्युतीय वा हाइब्रिडमा परिणत गर्नु पाँचौँ प्रभावकारी काम देखिएको छ । यो तरिकालाई जलवायु परिवर्तनको प्रभावका शीर्ष तीन कार्यको रूपमा मानिएको थियो ।

जलवायु परिवर्तनमाथि व्यक्तिगत प्रभाव कम गर्ने तरिकाका ३० वटा सूची सर्वेक्षणमा दिइएको थियो । र, त्यसबाट पाँचवटा टप सूची तयार पारिएको हो ।

‘कम प्याकेजिङ वस्तु खरिद गर्ने तथा कम अधिक टिकाऊ वस्तु खरिद गर्नेजस्ता कार्यहरूलाई ऊर्जा दक्षताका लागि घरहरूमा सजावटको मामिलामा कम आँक्ने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘स्थानीयस्तरमा उत्पादित खाना खानुभन्दा बोटबिरुवामा निर्भर हुँदा कार्बन उत्सर्जनमा धेरै फरक पार्न सक्छ तर सार्वजनिक अनुमानमा यो अन्य तरिकामा पर्छ ।’

ठूलो समुद्री आँधीबेहरी, हुरी बतास र बाढीजस्ता जलवायु र मौसमसँग सम्बन्धित प्रकोपको परिणामका रूपमा विस्थापित भएका मानिसको अनुपात पनि कम अनुमान गरिएको छ । ४३ प्रतिशत मानिसले अधिक मानिस जलवायु प्रकोपको सट्टा द्वन्द्वबाट विस्थापित भएको ठान्छन् । तर, वास्तवमा विश्वका दुई तिहाइ अर्थात् ६७ प्रतिशत मानिस सन् २०२० को पहिलो ६ महिनामा मौसम र जलवायु पतिवर्तनको प्रभावका कारण विस्थापित भएका पाइएको छ ।

उक्त सर्वेक्षण अमेरिका, चीन, भारत, मलेसिया, अर्जेन्टिना र स्पेनसहित ३० वटा बजारमा २१ हजारभन्दा बढी वयस्कहरूमाझ गरिएको थियो ।

Previous Post

सयदिने महामारी नियन्त्रण योजना लागू गर्दै सरकार

Next Post

मंगलबार न्यूनतम साझा कार्यक्रम, त्यसपछि मन्त्रिमण्डल विस्तार

Related Posts

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका
विश्व/भूराजनीति

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु
विश्व/भूराजनीति

घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु

२०८० अशोज ५ गते, १९:३१ बजे प्रकाशित
लिबिया बाढीले ४३ हजार विस्थापित
विश्व/भूराजनीति

लिबिया बाढीले ४३ हजार विस्थापित

२०८० अशोज ४ गते, १८:४७ बजे प्रकाशित
तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य
विश्व/भूराजनीति

तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य

२०८० अशोज ४ गते, १८:२८ बजे प्रकाशित
भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध
विश्व/भूराजनीति

भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध

२०८० अशोज ४ गते, १५:०३ बजे प्रकाशित
आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले
विश्व/भूराजनीति

आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले

२०८० अशोज ४ गते, १४:४३ बजे प्रकाशित
Next Post
मंगलबार न्यूनतम साझा कार्यक्रम, त्यसपछि मन्त्रिमण्डल विस्तार

मंगलबार न्यूनतम साझा कार्यक्रम, त्यसपछि मन्त्रिमण्डल विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana