Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

गगनले देउवालाई भने- प्रधानमन्त्रीज्यू विदेशमा गरेको उपचार खर्च राज्यले बेहोर्ने विषय गैरकानूनी हो

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ साउन ६ गते, २१:२९ बजे प्रकाशित
in देशभर
0
नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन
80
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी भएको भन्दै सचेत गराएका छन्।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासबाट दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनाललाई फोन गरी उपचार खर्च राज्यले बेहोर्ने प्रतिबद्धता जनाएको समचार आएपछि थापाले देउवालाई सचेत गराएका हुन्।

बुधबार विज्ञप्ति जारी गर्दै थापाले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले बेहोर्ने विषय गैरकानूनी हो र अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’

थापाले विदेशमा उपचार गराएको खर्च राज्यले व्यहोर्न नमिल्ने कानून ०७४ सालमै बनेको बताएका छन्।

थापाले पूर्वप्रधानमन्त्री खनालको उपचारको सन्दर्भमा सबैले शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको उल्लेख गरेका छन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याएका खनालले पछिल्लोपटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको बताउँदै थापाले त्यसले उनको कद अझ बढेको बताएका छन्।

खनालसमेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न प्रतीक्षारत रहेको बताउँदै थापाले चाहना छिटै पूरा हुने विश्वास व्यक्त गरेका छन्। ‘उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आएमा त्यसको लागि देशविदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै,’ थापाले भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले बेहोर्ने भन्ने विषय उठाई उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’

Previous Post

उपसभापति निधिलाई दोष दिँदै अमरेशले दिए सांसदबाट राजिनामा

Next Post

भाइरस नियन्त्रण गर्ने दाबी गरिएको ‘कोरोना गार्ड’को यस्तो छ वास्तविकता

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
भाइरस नियन्त्रण गर्ने दाबी गरिएको ‘कोरोना गार्ड’को यस्तो छ वास्तविकता

भाइरस नियन्त्रण गर्ने दाबी गरिएको ‘कोरोना गार्ड’को यस्तो छ वास्तविकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana