Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

महामारीका बीच भक्तपुरमा ४ अर्ब ४५ करोड राजस्व असुली

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ साउन ४ गते, २०:४९ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
महामारीका बीच भक्तपुरमा ४ अर्ब ४५ करोड राजस्व असुली
74
SHARES
Share on FacebookShare on Twitter

भक्तपुर- कोभिड-१९ महामारीबीच आन्तरिक राजस्व कार्यालय भक्तपुरले अपनाएको प्रभावकारी कार्यशैलीका कारण लक्ष्यभन्दा धेरै राजस्व असुली गरेको छ । कार्यालयले यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली गरेको हो ।

कार्यालयले आर्थिक वर्ष ०७७–७८ मा ४ अर्ब ४५ करोड ८२ लाख ७६ हजार रुपैयाँ कर रकम असुली गरेको छ । जब कि, त्यस वर्ष ४ अर्ब १७ करोड ८२ लाख रुपैयाँ कर असुली हुने लक्ष्य निर्धारण गरिएको थियो । यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली भएको कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर वि.के.ले जानकारी दिए ।

उनका अनुसार यो वर्ष अघिल्लो वर्षको भन्दा एक अर्ब सात करोड बढी राजस्व संकलन भएको छ । राजस्वको शीर्षकगत रूपमा यसवर्ष प्राइभेट लिमिटेड कम्पनीहरूबाट ३७ करोड ७४ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ । यो गत वर्षको तुलनामा ९४ प्रतिशतले बढी हो । कुल संस्थागत आयकरतर्फ ८४ प्रतिशत वृद्धि भएको छ ।

कुल व्यक्तिगत आयकरतर्फ पनि ४५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । यस्तै, पुँजीगत लाभकर शीर्षकबाट पनि ८० प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४५ करोड ९७ लाख राजस्व संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । त्यसैगरी अन्तःशुल्क पनि १२ प्रतिशतले बढेको छ ।

कर असुलीमा अपनाइएको नीतिका कारण महामारीबीच लक्ष्य हासिल भएको प्रमुख कर अधिकृत वि.के.ले बताए । ‘हामीले नियमित रूपमा व्यवसायबाट आउनुपर्ने करको रकम असुलीमा कडाइ गरेका थियौँ । यस्तै, करदाताहरूसँग रहेको बक्यौता कर रकम असुलीका लागि पनि कडाइ गर्‍यौँ, जसले गर्दा लक्ष्य हासिल गर्न सहज भएको हो,’ उनले भने । हाल काठमाडौँ उपत्यकामा थुप्रै आन्तरिक राजस्व कार्यालयहरू छन् । तर, अर्थ मन्त्रालयको गणनामा भक्तपुर सानो कार्यालयको रूपमा गणना गरिन्छ ।

Previous Post

टार्गेट पूरा गर्न मनखुशी औषधि पठाउँछन् फर्मा कम्पनी, नेपालका व्यापारी मारमा

Next Post

सानेपामा अनसन बसेका कांग्रेस कार्यकर्तालाई भेटेर शेखरले भने- पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य हुँदैन

Related Posts

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
Next Post
सानेपामा अनसन बसेका कांग्रेस कार्यकर्तालाई भेटेर शेखरले भने- पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य हुँदैन

सानेपामा अनसन बसेका कांग्रेस कार्यकर्तालाई भेटेर शेखरले भने- पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य हुँदैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana