काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
दुई साता नबित्दै मंगलबार पुनः प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल र मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। भारतबाट आउने मूल्य बढेकाले समायोजन गरिएको निगमको भनाइ छ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम भएको छ।