Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home कल्चर/हेरिटेज

नेवारी भान्छाको चेन ‘लहना’

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ असार ६ गते, १३:५९ बजे प्रकाशित
in कल्चर/हेरिटेज, हेडलाइन
0
नेवारी भान्छाको चेन ‘लहना’
118
SHARES
Share on FacebookShare on Twitter

‘नेवाः लहना’ रेस्टुराँसँग ७६ वटा भान्छा गाँसिएका छन्, जसमा थाः बहाल टोलका तीन सय ३२ परिवार जोडिएका छन्। सबै भान्छामा गरी ९० जना कामदार छन्। भान्छाहरूबाट प्राप्त आम्दानी सबै परिवारलाई बाँड्ने गरिन्छ।


काठमाडौं- कीर्तिपुरस्थित थाः बहालमा छ, ‘नेवाः लहना’ रेस्टुराँ। ७६ वटा नेवारी भान्छाको मिलनबिन्दु हो, यो। २२ भदौ ०६३ देखि सञ्चालनमा आएको यस रेस्टुराँमा नेवारी सभ्यताको पूर्ण झल्को पाइन्छ। नेवारी रहनसहन, खानपिन र पहिरन यहाँ पुग्ने खानाका पारखीमाझ लोकप्रिय छन्। रेस्टुराँका संस्थापक हुन्, राजमान मानव।

हाल रेस्टुराँ रहेको स्थानमा १७ वर्षअघिसम्म नेवार समुदायका परम्परागत सामग्री संग्रहित संग्रहालय थियो। टोलका युवालाई स्थानीय स्तरमै रोजगारी दिने आवाज मुखरित भएपछि सोही संग्रहालयलाई नेवारी सभ्यताको झल्को दिने गरी रेस्टुराँ सञ्चालन गर्ने निर्णय टोलवासीले गरे। संग्रहालयमा ढिकी, जाँतो, हाकुपटासी बनाउने तान, परालका सुकुल, कुर्सी, वृद्धवृद्धाको जङ्को गर्ने भीम रथलगायत सामग्री राखिएका थिए। ती सबै सामग्रीलाई जस्ताको तस्तै राखेर रेस्टुराँ खोलियो, ‘नेवाः लहना’। ती परम्परागत सामान अहिले रेस्टुराँको इन्टेरियर डिजाइन बनेका छन्।

रेस्टुराँका ग्राहकलाई बस्न परालबाट बनेका सुकुल र हाकुपटासीबाट बनेका चकटी बिछ्याइएको छ। सेरामिक प्लेटमा नभई काँसका थाल, बटुका र गिलासमा नेवारी परिकार पस्किइन्छ। हाकुपटासीमा सजिएका महिलाले नजिकै आगोमा पकाएको खाना पाहुनालाई पस्किन्छन् ।

९५ प्रतिशत पाहुना कीर्तिपुरबाहिरका हुन्छन्। परम्परागत नेवारी खानपिन शैलीलाई बचाउने हाम्रो लक्ष्य हो।

त्यसैले रेस्टुराँमा परम्परागत ग्रामीण जीवनशैली प्रतिबिम्बित हुन्छ। २९ थरीका ‘बफ’ परिकार लहनाको विशेषता हो। यहाँको अर्गानिक पेय पदार्थ ग्राहकमाझ लोकप्रिय छ। स्थानीय किसानले उत्पादन गरेको चामल, सागपात प्रयोग हुन्छन्। रेस्टुराँ स्थापना हुँदा ४७ वटा भान्छा यसमा जोडिएका थिए। अहिले ७६ वटा पुगेका छन्, जसमा थाः बहाल टोलका तीन सय ३२ परिवार जोडिएका छन्। सबै भान्छामा गरी ९० जना कामदार छन्। भान्छाहरूबाट प्राप्त आम्दानी सबै परिवारलाई बाँड्ने गरिएको छ।

सबै भान्छामा गरी दैनिक करिब दुई हजार पाहुना आउने ‘नेवाः लहना’का सञ्चालक मानव बताउँछन्। ‘९५ प्रतिशत पाहुना कीर्तिपुरबाहिरका हुन्छन्,’ उनी भन्छन्, ‘परम्परागत नेवारी खानपिन शैलीलाई बचाउने हाम्रो लक्ष्य हो।’ ती भान्छाका पाहुना विदेशी पर्यटक पनि हुने गरेका छन्। पछिल्लो समय सेलेब्रिटीहरूको ‘चिल-आउट’ जक्सन पनि बनेको छ, लहना। योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, भीम तुलाधर, दीपक बज्राचार्यलगायत सेलेब्रिटी यी भान्छामा पुगिरहन्छन्। अन्तर्राष्ट्रियस्तरका ‘गाइड बुक’ र म्यागेजिन मात्र होइन, सिएनएन, बिबिसीलगायत टेलिभिजन च्यानलहरूले पनि यी भान्छाका कथा प्रकाशन-प्रसारण गरिसकेका छन्।

Previous Post

‘बजेट लोकप्रिय बनाउन खोज्दा कार्यान्वयन कमजोर’

Next Post

मल्लकालीन फल्चा, पली र सत्तल

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
Next Post

मल्लकालीन फल्चा, पली र सत्तल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana