काठमाडौं- एक्सन प्रधान नेपाली फिल्म ‘एक्स ९’ (लेभल वान) मा बलिउड अभिनेता सुनील सेट्टीलाई अभिनयका लागि अफर गरिएको छ।
निर्देशक मुकुन्द भट्टले उक्त फिल्मका लागि अभिनेता सेट्टीलाई प्रस्ताव गरिएको बताएका छन्। उनका अनुसार एक महिनाअघि नै उक्त फिल्मका बारेमा अभिनेता सेट्टीसंग कुराकानी भएको छ।
त्यसका लागि सेट्टी पनि सकारात्मक रहेको भट्टले बताए। चाँडै नै सेट्टीलाई फिल्मका लागि अनुबन्ध गरिने निर्देशक भट्टको योजना छ। अभिनेता सेट्टीले फिल्मका लागि एक साता बिताउने छन्। निर्माण पक्षले उनलाई ४० लाख रुपैयाँ पारिश्रमिक दिनेछ।
तिहारपछि छायांकन प्रारम्भ हुने उक्त फिल्ममा अभिनय गर्नका लागि अभिनेता सेट्टी नेपाल आउने छन्। यो फिल्मलाई नेटफ्लिक्सबाट प्रसारण गर्ने पहल गर्ने निर्माण पक्षको योजना छ। फिल्मका कार्यकारी निर्मातामा सरोज रिजाल तथा निर्माता यादवप्रसाद पाठक हुन्।
यो फिल्ममा अभिनेता अनमोल केसी, सौगात मल्ल तथा पुष्प खड्काले समेत अभिनय गर्नेछन्।