Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेल्थ/फुड टिप्स

कोरोना संक्रमण निको भएका बिरामीले पनि लगाउनैपर्छ खोप

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ असार ६ गते, ७:४८ बजे प्रकाशित
in हेल्थ/फुड टिप्स
0
कोरोना संक्रमण निको भएका बिरामीले पनि लगाउनैपर्छ खोप
80
SHARES
Share on FacebookShare on Twitter

न्युयोर्क टाइम्स

हालै गरिएका दुई नयाँ अध्ययनले खोप लगाएका मानिसमा कोरोना भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता वर्षौँसम्म रहने दाबी गरेका छन्। यी खोजले भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता छोटो समय मात्र हुन्छ भन्ने शंका निवारणको प्रयास गरेका छन्।

अध्ययनले कोभिड-१९ निको भइसकेका र खोप लगाएका अधिकांशलाई प्रतिरोधात्मक क्षमता बढाउन बुस्टरको आवश्यकता नपर्ने निष्कर्ष पनि निकालेका छन्। तर, संक्रमणमा नपरेका र संक्रमित भएर पनि कमजोर प्रतिरोधात्मक क्षमता भएका सबैलाई खोप आवश्यक हुने शोधकर्ताको ठम्याइ छ।

दुवै अध्ययन एक वर्षअघि कोरोना संक्रमणमा परेका मानिसमा केन्द्रित थिए। नेचर जर्नलमा प्रकाशित अध्ययनअनुसार भाइरसको अंश कायम रहने कोषहरू हड्डीको मासीमा स्थिर रहन्छ र आवश्यक पर्दा प्रतिरोधात्मक क्षमता निर्माण गर्छ।

बायोलोजिक अनुसन्धानसम्बन्धी अनलाइन ‘बायोरेक्सिभ’मा प्रकाशित अर्को अध्ययनअनुसार ‘बी’ कोषिकाहरू संक्रमणपछि कम्तिमा १२ महिनासम्म परिपक्व र बलियो अवस्थामा रहने देखिएको छ। ‘अध्ययनबाट कोरोना संक्रमण र खोपले बनाएको प्रतिरोधक क्षमता दीर्घकालीन हुने देखिएको छ,’ पेन्सिल्भेनिया विश्वविद्यालयका इम्युनोलोजिस्ट स्कट हेन्स्लेले भने।

यी अध्ययनबाट भाइरस प्रतिरोधात्मक क्षमता क्षणिक हुने र कोरोनाका कारण सामान्य रुघाखोकी लाग्ने शंका हट्ने शोधकर्ताको बुझाइ देखिन्छ। डा. हेन्स्लेका अनुसार भाइरसहरू केही वर्षमा परिवर्तित। ‘बारम्बार कोरोना संक्रमित हुने कारण रोग प्रतिरोधात्मक क्षमताको साटो भाइरसको भिन्नतासँग बढी सम्बन्धित हुनसक्छ।’

वास्तवमा कोरोना संक्रमणविरुद्ध निर्मित तथा खोपका साथ बढेको ‘मेमोरी बी’ कोषिकाहरू यति शक्तिशाली छन् कि भाइरसका प्रकारहरूलाई पनि विफल गराउन सक्षम छन्। न्युयोर्कस्थित रक्फेलर युनिभर्सिटीका इम्युनोलोजिस्ट मिसेल नुसन्जवेगले ‘मेमोरी बी’ कोषिकाबारे अध्ययन गरेका छन्।

‘संक्रमित भएका र खोप लगाएका मानिसको मेमोरी बी कोषिकामा वास्तवमै अनौठो प्रतिक्रिया हुन्छ, रोग प्रतिरोधात्मक क्षमता सिर्जना हुन्छ,’ उनले भने, ‘र, ती कोषिका लामो समय रहने आशा गर्न सकिन्छ।’

केवल खोप लगाएका कारण मात्र होइन, त्यसपछि विकसित हुने प्रतिरक्षा ‘मेमोरी’ का कारण पनि यस्तो परिणाम प्राप्त हुने उनले बताए। कोरोना संक्रमण नभएका र खोप नलगाएका मानिसलाई खोपको बुस्टर आवश्यक हुने उनको भनाइ छ।

भाइरस संक्रमणलगत्तै ‘बी’ कोषिकाहरू द्रुत गतिमा फैलिन्छन् र ठूलो मात्रामा रोग प्रतिरोधी क्षमता (एन्टिबडी) उत्पादन गर्छन्। ‘मेमोरी बी’ कोषिकाबारे अध्ययन गर्न सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयका अली एलेबेडीको नेतृत्वमा अनुसन्धानकर्ताले कोरोना संक्रमण भएको एक महिना बितेका ७७ जनाको रगत तीन महिनाको अन्तरालमा विश्लेषण गरे। तीमध्ये ६ जनालाई मात्र संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो, बाँकीमा हल्का लक्षण मात्र थिए। ती मानिसमा एन्टिबडीको स्तर कोरोना संक्रमण भएको चार महिनापछि द्रुत गतिमा खस्कियो।

केही वैज्ञानिकले त्यसलाई प्रतिरक्षा क्षमताको कमीका रूपमा व्याख्या गरेका छन्। तर, अन्य विज्ञले त्यो अपेक्षाकृत नै रहेको बताएका छन्। उनीहरूका अनुसार यदि रगतमा उच्च मात्रामा एन्टीबडी तयार भयो भने तीव्र गतिमा बाक्लो फोहोरमा परिणत हुन्छ।

त्यसको साटो तीव्र संक्रमणपछि एन्टीबडीको रक्तस्तर त्यसरी नै गिर्छ। त्यतिबेला ‘मेमोरी बी’ कोषिकाहरू हड्डीको मासीमा मौन रहन्छन्। र, जब शरीरलाई आवश्यक पर्छ, बाहिर निस्केर भाइरसमाथि प्रकार गर्न थाल्छन्।

डा. एलेबेडीको टोलीले १९ जनाबाट कोरोना संक्रमित भएको लगभग सात महिना पछि हड्डीको मासीको नमूना संकलन गर्‍यो। तीमध्ये १५ जनाको नमूनाबाट ‘मेमोरी बी’ कोषिका पत्ता लाग्यो। अन्य चारजनामा त्यस्ता कोष थिएनन्। त्यसबाट पत्ता लाग्यो, कसैमा ‘मेमोरी बी’ कोषिका नै हुँदैनन् भने कसैमा थोरै परिमाणमा हुन्छन्। सोही कारण कोरोना संक्रमण निको भएका मानिसले पनि अनिवार्य खोप लगाउनुपर्ने उनी बताउँछन्।

Previous Post

इराकी युवाले तेललाई अभिशाप माने

Next Post

सुनील सेट्टी नेपाली फिल्ममा !

Related Posts

स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

यसरी बनाऊँ जापानिज स्टाइल टेम्पुरा प्राउन

२०८० साउन १३ गते, १९:१६ बजे प्रकाशित
पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?
देशभर

पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?

२०८० साउन ५ गते, ४:१८ बजे प्रकाशित
समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान
लङरिड

समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान

२०८० असार २६ गते, ११:११ बजे प्रकाशित
स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

घरै बसी-बसी बनाऊँ कोरियन किम्बब

२०८० असार १६ गते, १६:३२ बजे प्रकाशित
गर्मीका कारण आँखाको रोग बढ्यो
देशभर

गर्मीका कारण आँखाको रोग बढ्यो

२०८० असार १ गते, १५:४३ बजे प्रकाशित
होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा
देशभर

होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा

२०८० असार १ गते, १३:१२ बजे प्रकाशित
Next Post
सुनील सेट्टी नेपाली फिल्ममा !

सुनील सेट्टी नेपाली फिल्ममा !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana