Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

आतंकवादी आक्रमण भर्सेस सीपीईसी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ असार ६ गते, ७:१४ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
आतंकवादी आक्रमण भर्सेस सीपीईसी
84
SHARES
Share on FacebookShare on Twitter

ग्लोबल टाइम्स

पाकिस्तान बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा हालै एक होटेलको पार्किङमा भएको बम विस्फोटमा परी चारको मृत्यु र १२ घाइते भए। पाकिस्तान सरकारले यसलाई ‘आतंकवादी हमला’ भनेको छ। र, त्यस होटेलमा पाकिस्तानका लागि चीनका राजदूतसहित चार चिनियाँ कूटनीतिज्ञ बसेका थिए। विष्फोटको समयमा भने चिनियाँ राजदूत बैठकका लागि होटेलबाहिर निस्केका थिए। चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्य सुरक्षित छन्।

‘तेहरिक-ए-तालिबान पाकिस्तान’ नामक लडाकु समूहले बम विष्फोटको जिम्मा लिएको छ। तर, आक्रमणको लक्ष्य अज्ञात छ। त्यसैले, यो आक्रमण चिनियाँ राजदूत नोङ रोङ र उनको टोलीका सदस्यलक्षित हो वा होइन भन्ने निष्कर्षमा पुग्न हतारो हुनेछ।

चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) अन्तर्गत् बलुचिस्तानमा विकासका धेरै परियोजना सञ्चालनमा छन्। त्यसमध्ये ग्वादर बन्दरगाह विश्वभर परिचित छ। यसक्षेत्रमा चिनियाँ व्यवसायी र कर्मचारीलाई लक्षित गर्दै यसअघि पनि आक्रमण भएको थियो। युरोपेली र अमेरिकी सञ्चार माध्यमले त्यस्ता आक्रमणलाई चीनद्वारा प्रस्तावित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) को विपक्षमा स्थानीय बासिन्दा रहेको ‘न्यारेटिभ’ स्थापित गर्न खोजिरहेका छन्, जुन वास्तविकता होइन।

किनकि, पाकिस्तानमा त्यस्तो कुनै राजनीतिक शक्ति छैन, जसले आफूलाई चीनविरोधी र बीआरआईविरोधीको रूपमा चिनाउँछ। चीनप्रति पाकिस्तानी समाजको समग्र दृष्टिकोण मैत्रीपूर्ण छ। बीआरआईप्रति पाकिस्तानमा व्यापक सर्मथन छ। कारण- यसले आर्थिक विकासलाई अघि बढाएको छ। र, सीपीईसीमार्फत व्यापक रोजगारी सिर्जना भएको छ। तथापि, सुविधा वितरणको सवालमा केही निश्चित विवाद छन्। तर, ती त्यति जटिल छैनन्।

पाकिस्तानमा आतंकवादी आक्रमण मुख्यतया घरेलु राजनीतिक द्वन्द्वका परिणाम हुन्। कहिलेकाहीँ त्यस्ता आक्रमणमा पाकिस्तानमा रहेका चिनियाँ नागरिक पनि पीडित बन्छन्। र, कहिलेकाहीँ चिनियाँ नागरिकमाथि आक्रमण गर्नुको अर्थ पाकिस्तान सरकारलाई उल्झनमा पार्ने उद्देश्यबाट पनि प्रेरित हुन्छ। इस्लामाबादले पछिल्ला वर्षमा आतंकवादविरुद्ध लड्न प्रभावकारी काम गरेको छ, जसले आतंकवादी आक्रमणमा कमी आएको छ। तथापि, सीपीईसी निर्माणमा प्रगतिसँगै पाकिस्तान पुग्ने चिनियाँ नागरिक अझ बढ्ने छन्। र, सम्भावित आतंककारी हमला रोक्न पाकिस्तान सरकारले पनि थप कदम उठाउने आशा छ। र, त्यस्तो कदमले पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षा प्रत्याभूति दिनेछ।

पाकिस्तानले त्यहाँ पुगेका चिनियाँ नागरिकलाई बचाउन ठूलो प्रयास गरेको छ। चिनियाँ नागरिकहरूमाथि आक्रमण गरेर आतंककारीहरूले ठूलो हलचल पैदा गर्नु सजिलो काम होइन। यदि बलुचिस्तान प्रान्तमा भएको यो आतंकवादी हमला पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाई गरिएको हो भने पक्कै पनि त्यो असफल भएको छ। तर, त्यसको उद्देश्य अरू नै केही भने बेग्लै कुरा हो।

सामान्यतया सीपीईसीलाई जोखिम परियोजनाको रूपमा हेर्न हुँदैन। तर, हामीले अझै पनि यसको तर्कसंगत मूल्यांकन गर्न आवश्यक छ। यसले वास्तवमा केही आतंकवादी खतराको सामना गर्न सक्छ तर यो राजनीतिक हिसाबबाट सुरक्षित छ।

बीआरआईमा हस्ताक्षर गरेका सबै मुलुकमा राजनीतिक स्थिरता र राम्रो सुरक्षा व्यवस्था हुन्छ भन्ने पनि होइन। चिनियाँ उद्यमहरूको काम केही हदसम्म जोखिमपूर्ण हुन सक्छ। चिनियाँ कम्पनीहरूले लगानीका लागि सबै मुलुकमा सुरक्षित र सहज वातावरण पाउँछन् भन्ने पनि छैन। किनकि, कतिपय मुलुकका बजारहरू यसअघि नै भरिभराउ छन्। यस्ता बजारमा चिनियाँ लगानीकर्ताले जोखिम उठाउनैपर्छ। अन्यथा अन्य प्रकारका परीक्षणतर्फ ध्यान दिनुपर्नेछ।

चीनका लागि आफ्ना ती बहादुर नागरिकको सुरक्षा महत्त्वपूर्ण कुरा हो, जो यसअघि पश्चिमा मुलुकले दोहन गरेका ठाउँहरूमा पुगेका छन्। आफ्नो क्रिडास्थलमा चीनको उपस्थिति पक्कै पनि पश्चिमा मुलुकका लागि रुचिकर नहुन सक्छ। तथापि, जोखिमपूर्ण स्थानमा पुगेका चिनियाँ नागरिक चीनको विश्वव्यापी कारोबार र लगानीका लागि प्रेरक ताकत हुन्, जसले चिनियाँ अर्थव्यवस्थाको फराकिलो आकारलाई भरथेग गर्छन्।

चीनको उदय यात्रा कठिनाइबाट गुज्रेको छ। कतिपय सफलता सहजै प्राप्त हुँदैनन्। खासगरी, चीनको उदय यात्राका सवालमा यो तथ्य अझ बढी मुखरित हुन्छ। जस्तोसुकै कठिनाइ सामना गर्नु परे पनि हार मान्नु हुँदैन। समस्याहरूको समाधान गर्दै जानु नै चीनको लक्ष्य पनि हो।

Previous Post

कोरोनाकालमा चीन- २०२१ को पहिलो त्रैमासमा १८.३ प्रतिशत आर्थिक वृद्धि

Next Post

बोरिस जोनसनको गलत नीतिको शिकार बने बेलायती नागरिक

Related Posts

‘जवान’ को प्रदर्शन मिति परिर्वतन
विश्व/भूराजनीति

शाहरुखकाे फिल्म ‘जवान’ हजार कराेड नजिक

२०८० अशोज ७ गते, १८:२२ बजे प्रकाशित
सोमालियामा आत्मघाती हमलामा १३ जना मारिए
विश्व/भूराजनीति

सोमालियामा आत्मघाती हमलामा १३ जना मारिए

२०८० अशोज ७ गते, १६:३० बजे प्रकाशित
कोसोभोमा प्रहरी अधिकृतको हत्या
विश्व/भूराजनीति

कोसोभोमा प्रहरी अधिकृतको हत्या

२०८० अशोज ७ गते, १६:२३ बजे प्रकाशित
बेनिनको पेट्रोल भण्डारमा विस्फाेट, ३५ को मृत्यु
विश्व/भूराजनीति

बेनिनको पेट्रोल भण्डारमा विस्फाेट, ३५ को मृत्यु

२०८० अशोज ७ गते, १६:०६ बजे प्रकाशित
एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा
खेलकुद

एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा

२०८० अशोज ७ गते, १४:१० बजे प्रकाशित
ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु
विश्व/भूराजनीति

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

२०८० अशोज ६ गते, २०:२२ बजे प्रकाशित
Next Post
बोरिस जोनसनको गलत नीतिको शिकार बने बेलायती नागरिक

बोरिस जोनसनको गलत नीतिको शिकार बने बेलायती नागरिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana