Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

प्रजातन्त्र सेनानी गोवर्धन पोखरेलका माइला छोरा बने गण्डकीका नयाँ मुख्यमन्त्री

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ जेष्ठ २९ गते, १९:१४ बजे प्रकाशित
in देशभर
0
प्रजातन्त्र सेनानी गोवर्धन पोखरेलका माइला छोरा बने गण्डकीका नयाँ मुख्यमन्त्री
80
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रजातन्त्र सेनानी गोवर्धन पोखरेलका माइला छोरा हुन्।

उनी २००६ सालमा तनहुँ (हाल व्यास नगरपालिका–११) मा जन्मेका हुन्। उनका पिता गोवर्धन पोखरेल कांग्रेस तनहुँका संस्थापक नेता हुन्। राणा शासनविरुद्ध आन्दोलनमा लागेकाले उनको परिवारको सर्वश्व हरण भएको थियो।

गत आम निर्वाचनमा उनी नवलपरासी-१ ‘क’बाट निर्वाचित भएका थिए। ०४८ सालपछि झण्डै दुई दशक उनी नवलपरासी कांग्रेसका सभापति भएका थिए। त्यसपछि गण्डकी प्रदेशभामा कांग्रेस संसदीय दलको नेता भएका थिए।

१२ औँ महाधिवेशनबाट उनी कांग्रेस केन्द्रीय सदस्य पनि निर्वाचित भएका थिए।

उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव पनि भएका थिए। उनका भाइ जगदीशचन्द्र पोखरेल राष्टिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। कान्छा भाइ सुवासचन्द्र पोखरेल भने अमेरिकामा बस्छन्।

उनी कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका दुई, जनमोर्चाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उक्त विपक्षी गठबन्धनले शुक्रबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष नयाँ सरकार गठनको प्रस्ताव गरेको थियो।

शनिबार अन्तिम समयमा आएर निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफूले सरकार बनाउने दाबी पेश गरेका थिए। तर, उनको दाबी प्रदेश प्रमुख कार्यालयमा दर्ता नै भएन। उनको दाबीलगत्तै विपक्षी गठबन्धनका ३१ जना सांसद नै प्रदेश प्रमुख निवास अघिल्तिर धर्नामा बसेका थिए।

माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद गुरुङलाई समेटेर मन्त्रिमण्डल गठनको तयारी भइरहेको छ। जनमोर्चाले भने सरकारबाहिरै रहने बताएको छ।

Previous Post

शीतल निवासमा जस्तो षडयन्त्र गण्डकीमा हुन सक्ने कांग्रेस प्रवक्ताको आशंका

Next Post

पत्रकारिताको गिर्दो साख

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
पत्रकारिताको गिर्दो साख

पत्रकारिताको गिर्दो साख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana