Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

भाइरल पोस्टका वृद्ध व्यक्ति कोभिड लागेका इटालियन होइन, पूर्वअमरिकी सैनिक हुन्

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ जेष्ठ २० गते, २०:५६ बजे प्रकाशित
in हेडलाइन
0
भाइरल पोस्टका वृद्ध व्यक्ति कोभिड लागेका इटालियन होइन, पूर्वअमरिकी सैनिक हुन्
76
SHARES
Share on FacebookShare on Twitter

सन्जोग शिवाकोटी

केही सातादेखि कोभिडलाई पराजित गरेका ९३ वर्षीय एक इटालियन वृद्धको भनाइ भन्दै प्रकृतिप्रतिको कृतज्ञता झल्किने र सबै कोभिड निको भएकाहरूलाई एक रुख रोप्न आग्रह गरेको एक पोस्ट विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले बिनातस्बिर उक्त पोस्ट सेयर गरेका छन् भने कतिपयले एक दुःखी मुद्रामा रहेका वृद्धको तस्बिरसहित उनको भनाइ भन्दै उक्त पोस्ट सेयर गरेका छन्।

उक्त पोस्टमा यस्तो दाबी गरिएको छः

‘इटालीका यी ९३ बर्षका बृद्धा अस्पतालमा भर्ना भएर कोभिडलाई जितेपछि यिनीसँग एक दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको रकम माग्दा यिनी रुन थाले। उनी रोएको देखेर डाक्टरहरूले उनलाई सम्झाइबुझाई गरी बिल मिनाहा गर्न कुरा सुनाएपछि उनले भने, ‘म यो पैसा तिर्न नसकेर रोएको होइन। म यो सबै पैसा तिर्न सक्षम छु। तर म ९३ वर्षसम्म प्रकृतिले दिएको हावामा सास फेर्दा एक रुपैयाँ पनि कतै तिरेन। आज एक दिन भेन्टिलेटरमा सास फेरेको ५०० युरो तिर्दैछु। ममाथि कति ठुलो ऋण रहेछ प्रकृतिको। यो म कसरी तिरुँला, यो सम्झेर रोएको छु। त्यसैले कृपया जतिजना पनि कोभिडलाई जितेर घर फर्कनु हुन्छ, सबैले प्रकृतिको यो ऋण चुकाउन घरवरिपरि एक रुख अवश्य लगाउनुहोला।’

करिब ३५ लाखले पछ्याएको ‘ताजा खबर (Taja Khabar)’ नामक फेसबुक पेजले सेयर गरेको वृद्धको तस्बिरसहितको उक्त पोस्टमा ३३०० बढी प्रतिकृया आएका छन् भने ४७१ पटक सेयर भएको छ। यसैगरी एक लाख बढीले पछ्याएको ‘वान लाइक फर माई कन्ट्री (1 Like for my Country)’ नामक फेसबुक पेजले सेयर गरेको वृद्धको तस्बिरसहितको उक्त पोस्टमा ३४०० बढी प्रतिक्रिया आएको छ भने ३९८ पटक सेयर भएको छ।

फेसबुक अलावा उक्त दाबी ट्वीटरका प्रयोगकर्ताहरूले सेयर गरेका छन्। अनिल राम (Anil Ram) नामक ह्यान्डलबाट तस्बिरसहित ट्विट गरिएको उक्त दाबी ५८ पटक रिट्विट भएको छ भने २७० भन्दा बढी प्रतिक्रिया आएको छ। यसैगरी एसडी नेपाल (SD Nepal) नामक ह्यान्डलबाट तस्बिरसहित ट्विट गरिएको उक्त दाबी १३ पटक रिट्विट भएको छ भने ४५ भन्दा बढी प्रतिक्रिया आएको छ।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि फेसबुकबाट स्क्रिनसट लिइएको तस्बिरसहितको उक्त पोस्टको भिडियो बनाई सेयर गरिएको छ, जसमा १६०० भन्दा बढी प्रतिक्रिया आएको छ भने ४० पटक सेयर भएको छ।

तथ्य जाँचः

साउथ एसिया चेकले उक्त तस्बिरलाई ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्दा यहाँ सेयर भइरहेको तस्बिरभन्दा केही फरक कोणबाट लिएको तस्बिर एमआरसीटीभी नामक एक अमेरिकी अनलाइन मिडियामा ९ मार्च २०१५ मा प्रकाशित रिपोर्टमा फेला परेको छ। उक्त रिपोर्टअनुसार तस्बिरमा रहेका व्यक्ति इटालीका नभई अमेरिकाको कोलोराडोका युरोपमा दोस्रो विश्वयुद्ध लडेका सैनिक बिल मुर्रे हुन्। सो रिपोर्ट एबीसी न्युजसम्बद्ध अमेरिकी अनलाइन द डेन्भर च्यानलले बिल मुर्रेसँग लिएको भिडियो अन्तर्वार्तामा आधारित छ। द डेन्भर च्यानलको आधिकारिक युट्युब च्यानलमा बिल मुर्रेको अन्तर्वार्ता १४ फेब्रुअरीमा २०१५ मा प्रकाशित भएको थियो।

उक्त भिडियो र त्यसबाट लिइएको तस्बिरको वास्तविकता यस्तो रहेछ : एक अप्रत्यासित घटनाक्रममा बिल मुर्रेले सन् १९४४ मा आफ्नी प्रेमिकालाई लेखेको प्रेमपत्र एक अपरिचित महिलाको हातमा पुगेछ। ती महिलाले त्यो पुरानो प्रेमपत्र बिल मुर्रेसमक्ष पुर्‍याउने जमर्को गरिछन्। मुर्रेकी छोरीको सहायताले उनीसमक्ष त्यो पत्र पुग्यो। अन्तर्वार्ताका क्रममा उनी आफूले ७० वर्षअघि लेखेको पत्र पढ्दा निकै भावुक भएका थिए।

सोही अन्तर्वार्ताको आधारमा उक्त समाचार एबीसी न्युज, डेलिमेल र हफिङ्टन पोस्टजस्ता चर्चित मिडियाहरूले पनि प्रकाशित गरेका छन्।

मुर्रे एबीसी न्युजले मार्च १०, २०१५ मा उक्त समाचार प्रकाशित गर्दा ९० वर्ष रहेका र उनी कोलोराडोको अरोरास्थित एक हेरचाह केन्द्रमा बसिरहेको एबीसी न्युजले जनाएको छ। हाल उनी जीवित छन् कि छैनन् भन्ने चाहिँ थाहा हुन सकेन। यसरी एक अमेरिकी भूपू सैनिक आफूले प्रेमिकालाई ७० वर्षअघि लेखेको प्रेमपत्र पढ्दा भावुक भएको भिडियोको स्क्रिनसट लिई इटालीको कोभिडसम्बन्धी घटना भन्दै गरिएको दाबी गलत ठहर्छ।

(यो सामग्री साउथ एसियाचेक डट ओआरजीले तयार पारेको हो)

Previous Post

अबिच्युअरीः हिमालय बचाउ अभियन्ताको आजीवन संघर्ष

Next Post

प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
देशभर

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

२०८० अशोज ८ गते, १९:१४ बजे प्रकाशित
एक सातादेखि सभागृहअगाडि उभिइरहेका ईः र बालेनकाे प्रतिक्रिया
देशभर

एक सातादेखि सभागृहअगाडि उभिइरहेका ईः र बालेनकाे प्रतिक्रिया

२०८० अशोज ८ गते, १६:४२ बजे प्रकाशित
मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

२०८० अशोज ८ गते, १६:०४ बजे प्रकाशित
Next Post
प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत

प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana