Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home लङरिड

अबिच्युअरीः हिमालय बचाउ अभियन्ताको आजीवन संघर्ष

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ जेष्ठ १९ गते, २२:२६ बजे प्रकाशित
in लङरिड
0
अबिच्युअरीः हिमालय बचाउ अभियन्ताको आजीवन संघर्ष
78
SHARES
Share on FacebookShare on Twitter

हिमालयको बिग्रँदो वातावरणीय स्थितिबारे विश्वव्यापी ध्यान तान्ने अभियान्ता सुन्दरलाल बहुगुनाको मृत्यु कोभिड-१९ र शोकबाट भयो

२१ मेमा कोभिड-१९ का कारण ९४ वर्षीय सुन्दरलाल बहुगुनाको मृत्यु भएपछि थुप्रै स्तुतिका शब्द ओइरिएका छन्। काठका लागि रूख काट्ने क्रियाकलाप र अदूरदर्शी विकास नीतिबाट हिमालयलाई बचाउन उनले गरेको आजीवन संघर्षको मर्मलाई श्रद्धाञ्जलीहरूले सावधानीपूर्वक छुँदैनन्। भारतको उत्तराखण्ड राज्यमा तेहरी बाँध निर्माण रोक्ने उनको असफल प्रयासलाई धेरैले उद्धृत गर्छन्। कमैले मात्र यसले उनलाई धेरै दुःखी बनाएको स्वीकार्छन्।

हिमालयमा अवस्थित तेहरी सहर नजिकैको मरोडा गाउँमा जन्मिएका बहुगुनाको ब्रिटिस शासित भारतको तेहरी राज्यविरुद्धको संघर्ष किशोरावस्थामै शुरु भएको हो। त्यति बेला उनलाई लाहोर भाग्न बाध्य पारिएको थियो। प्रजातन्त्रको आन्दोलनलाई समर्थन गरेकाले उनी राज्यबाट निर्वासित पनि भएका थिए।

सन् १९४७ मा भारतको स्वतन्त्रतापछि बहुगुनाले छुवाछुत र मदिराविरुद्ध काम गर्दै उत्तराखण्डका गाउँहरूमा वर्षौं बिताए। २६ मार्च १९७४ मा स्वतःस्फूर्त रूपमा प्रसिद्ध चिप्को आन्दोलन शुरु हुँदा यसबारे पहिला राष्ट्रव्यापी, त्यसपछि विश्वव्यापी रूपमा जानकारी दिने उनै थिए।

चिप्को आन्दोलन

चिप्को आन्दोलन विस्तार गर्ने प्रयासमा बहुगुना कहिल्यै थाकेनन्। उनले कार्यकर्तादेखि स्कुल समूह, कलेज समूह, पत्रकार, राजनीतिज्ञ, व्यवसायीलगायत सबैसँग छलफल गरे। हिमालयमा वन फँडानी स्वीकार्य छैन, स्थानीय नै जंगलका सबैभन्दा उत्तम संरक्षक हुन्, हिमालयलाई नबचाई दक्षिण एसियालाई बचाउन सकिन्न, अर्थतन्त्र वातावरणको हिस्सा हो, वातावरण अर्थतन्त्रको होइन भन्ने आफ्ना सन्देशहरूमा उनी सधैँ दृढ रहे।

आफ्नो सन्देश फैलाउन उनी हिमालयका गाउँगाउँ डुले। भारतका सबै भूभाग पुगे। चिप्को आन्दोलनको सफलता आन्दोलन शुरु भएका गाउँ वरपरका जंगल बचाउनु मात्र थिएन, सम्पूर्ण देशलाई विद्यमान विकास मोडलमा समस्या छन् भनेर जानकारी दिनु पनि थियो।

आन्दोलनका कारण देशव्यापी कानून पारित भए, जसले जंगल फँडानी गर्न धेरै गाह्रो बनायो। साथै एक हजार मिटर उचाइमाथि रूख काट्न पूर्ण प्रतिबन्ध पनि लगाइयो।

केन्द्रीकरणको समस्यासँगै खिचियो राष्ट्रिय ध्यान

चिप्को आन्दोलन राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मुद्दामा परिणत हुनुका नकारात्मक प्रभाव पनि थिए। यो आन्दोलन व्यापारिक फाइदाका लागि बाहिरी व्यक्तिहरूद्वारा गरिएको अनियन्त्रित वन फँडानीविरुद्ध लामो समयदेखि चलिरहेको संघर्षको एउटा हिस्सा थियो। यस क्षेत्रका मानिस विदेशी श्रमिक ल्याएर रूख काट्ने बाहिरी ठेकेदार र उनीहरूले पुर्‍याएका क्षति देखेर उनीहरूप्रति क्रुद्ध थिए। त्यसकारण यो श्रम र वातावरणीय आन्दोलन दुवै थियो। केवल वातावरणीय आन्दोलनमा रूपान्तरणले एउटा पक्षलाई मात्र प्रकाश पार्थ्यो।

चिप्को आन्दोलनले प्राप्त गरेको राष्ट्रिय ध्यानका कारण सरकारले कडा नियन्त्रण गर्न थाल्यो। बाहिरी क्षेत्रबाट आएका ठेकेदारहरू कम समस्यामूलक भए पनि यस क्षेत्रका मानिसको जीविकोपार्जनको क्षति गम्भीर थियो। विडम्बना, केन्द्रीकृत निर्णयकर्ताहरूले स्थानीय पर्यावरणप्रति मानिसहरूको लगाव प्रदर्शनको प्रयोग उनीहरूलाई त्यसबाट टाढा राख्न गरे। यो किनभने वनसम्बन्धी कानूनहरू काठका लागि रूख काट्ने अभ्यासहरू जस्तै- स्थानीय जनतालाई बेवास्ता गर्ने बेलायती औपनिवेशिक अभ्यासमा आधारित थिए। उदाहरणका लागि, नन्दा देवी राष्ट्रिय उद्यान स्थापना त्यस्तै प्रतिबन्धात्मक कानूनका आधारमा भएको थियो। फलस्वरूप स्थानीयले त्यस क्षेत्रबाट जडीबुटी संकलन गर्न नपाउने भएका थिए।

तेहरी बाँध संघर्ष

त्यस्ता मुद्दाहरूका बाबजुद क्षेत्रीय र राष्ट्रिय दुवै सरकारको ध्यान हिमालयको वातावरणीय चासोमा खिच्न चिप्को सफल भएको थियो।

तेहरी बाँध रोक्न गरिएको आन्दोलन असफल भयो। हिमालयमा बनाइएको उच्च बाँधले हजारौं मानिसलाई विस्थापित गर्छ, भूकम्प आएको स्थितिमा सक्रीय भूकम्पीय क्षेत्रमा गम्भीर खतरा निम्त्याउन सक्छ। हरितगृह ग्यास मेथेनको उत्सर्जन धेरै गर्छ र परम्परागत जलस्रोतमा स्थानीय समुदायको पहुँच हुन दिँदैन भनेर कार्यकर्ता र स्वतन्त्र विज्ञहरूले बारम्बार औंल्याइरहे तर त्यो सुनिएन।

बहुगुना र उनकी श्रीमती विमला देवीले आन्दोलनको नेतृत्व गरेका थिए। बहुगुनाले ४५ दिने आमरण अनशन बसे। भारतका तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह रावले बाँध परियोजनाको छानविन गर्न समीक्षा समिति गठन गर्ने वाचा गरेपछि मात्र उनले अनशन तोडेका थिए। तर त्यसबाट केही उपलब्धि हासिल भएन। निरन्तर र लामो समयसम्म गरिएका त्यस्ता अनशनले भने बहुगुनाको स्वास्थ्यमा गम्भीर एवम् दीर्घकालीन असर पार्‍यो।

बहुगुनाले ७४ दिने अर्को लामो आमरण अनशन नयाँ दिल्लीस्थित महात्मा गान्धी मेमोरीयल पार्कमा गरे। तत्कालीन प्रधानमन्त्री एचडी देवेगोउडाले अर्को समीक्षा समिति गठन गर्ने वाचा गरे। तर त्यसबाट पनि केही उपलब्धि हासिल भएन।निरन्तर र लामो समयसम्म गरिएका त्यस्ता अनशनले भने बहुगुनाको स्वास्थ्यमा गम्भीर एवम् दीर्घकालीन असर पार्‍यो।

अन्य कार्यकर्ताहरूसँग बहुगुना अदालत गए। तर पनि कुनै सफलता मिलेन। सरकारका दुई तर्क थिए- भारतलाई बिजुली र तीन सय किमि टाढा रहेको राष्ट्रिय राजधानी दिल्लीलाई पानीको आवशयकता छ। सन् १९९० को दशकमा छ वर्षभन्दा बढी समयमा सरकारले नागरिक समाजको विरोधलाई बल प्रयोग गरेरै नियन्त्रण गर्‍यो। अदालतमा सरकारका तर्कहरूले जिते।

तेहरी बाँध

जब २००१ मा तेहरी बाँधको काम पुनः शुरु भयो, बहुगुनालाई गिरफ्तार गरिहालियो। जब कि तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले अघिल्ला दशकमा बहुगुनाप्रति सहानुभूति व्यक्त गरेका थिए।

एक प्रेरक व्यक्तित्व

सुन्दरलाल बहुगुनाले हिमालयको पर्यावरण बचाउनुको महत्वबारे कुरा गरिरहे। आफूलाई सुन्ने जोकसैसँग पनि उनी कुरा गर्थे। उनी पर्यावरणकर्मीका धेरै पुस्ताका लागि अनुकरणीय व्यक्ति थिए। उनले विद्यालय र कलेजका विद्यार्थीलाई ऊर्जा प्रदान गर्थे। साथै उत्तराखण्डका हजारौं बासिन्दाले उनलाई पिताका रूपमा हेर्थे।

बहुगुनाको मुस्कान उस्तै थियो। पुरानो परिचित व्यक्तिहरूलाई सम्झन सक्ने र सबैसँग सजिलै घुलमिल हुन सक्ने उनको क्षमता थियो।

तर सन् १९७० र ८० को दशकदेखि उनलाई चिनेकाहरूले पछिल्लो समय उनको उत्साहमा फिक्कापना आएको, आँखा उत्तिकै तेजसँग नचम्किएको सजिलै देख्न सक्थे।

जब मे महिना शुरु हुँदै थियो, बहुगुना कोभिड-१९बाट संक्रमित भए, बिग्रिएको स्वास्थ्यका कारण उनलाई निमोनिया भइहाल्यो। ‘आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि बहुगुनाले विमला देवीलाई आफ्नो शोकमनाउ नगर्न र हिमालय बचाउने संघर्षलाई जारी राख्न भनेका थिए,’ बहुगुणाका एक साथीले भने।

(यो सामग्री द थर्डपोल डट नेटले उत्पादन गरेको)

Previous Post

जसपा विभाजनपछि युवा नेता शाहको आह्वान- कांग्रेसलाई साथ दिँदा मात्र लोकतन्त्र बलियो

Next Post

भाइरल पोस्टका वृद्ध व्यक्ति कोभिड लागेका इटालियन होइन, पूर्वअमरिकी सैनिक हुन्

Related Posts

चर्चा मधेशीको, संकटमा मैथिली !
feature-news-with-image

अभिवादन

२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
feature-news-with-image

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, ११:०९ बजे प्रकाशित
कुलमानको बिजुली बट्टा
feature-news-with-image

गणतन्त्रका महाराजा, महारानीको चर्तिकला

२०८० अशोज ६ गते, ११:०३ बजे प्रकाशित
सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?
लङरिड

सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?

२०८० अशोज ५ गते, १३:२३ बजे प्रकाशित
घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?
लङरिड

घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?

२०८० अशोज ५ गते, ९:२६ बजे प्रकाशित
यी १९ सचिव जाँदै छन् घर
लङरिड

यी १९ सचिव जाँदै छन् घर

२०८० अशोज ४ गते, १२:३३ बजे प्रकाशित
Next Post
भाइरल पोस्टका वृद्ध व्यक्ति कोभिड लागेका इटालियन होइन, पूर्वअमरिकी सैनिक हुन्

भाइरल पोस्टका वृद्ध व्यक्ति कोभिड लागेका इटालियन होइन, पूर्वअमरिकी सैनिक हुन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana