Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेल्थ/फुड टिप्स

भिटामिन डी अभाव हुँदा देखिने पाँच लक्षण

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ जेष्ठ १६ गते, १९:४८ बजे प्रकाशित
in हेल्थ/फुड टिप्स
0
भिटामिन डी अभाव हुँदा देखिने पाँच लक्षण
112
SHARES
Share on FacebookShare on Twitter

मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ। तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ। अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ।

शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ। तपाईं-हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ।

शरीरमा भिटामिन डीको कमी भए-नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ। त्योभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ। हेर्नुहोस् शरीरमा भिटामिन डीको कमी रहेको थाहा पाउने पाँच तरिका :

पसिना धेरै आउनु

गर्मीको समयमा हामी सबैलाई पसिना आउँछ। कुनै काम गर्दै गर्दा, खेल खेल्दा वा जिममा शारीरिक व्यायाम गर्दा पसिना आउनु सामान्य हो। यस्तो समय आउने पसिनामा चिन्ता गर्नुपर्दैन। तर, यदि यत्तिकै बस्दा पनि वा सामान्य अवस्थामा पनि पसिना आउँछ भने त्यसको ख्याल गर्नुपर्छ। शरीरमा भिटामिन डीको कमीका कारण पनि यस्तो समस्या भएको हुन सक्छ। यदि त्यस्तो समस्या भयो भने डाक्टरको सम्पर्कमा जान आवश्यक छ।

अनपेक्षित कमजोरी

शरीरमा भिटामिन डीको कमी भएको छ भने पनि अनपेक्षित रूपमा कमजोरी महसुस हुने गर्छ। शरीरको मसल्स फिट राख्न शरीरमा भिटामिन डी पर्याप्त हुन आवश्यक छ। यसले सामान्य चेटपटकबाट समेत बचाउँछ। अध्ययनहरूले यो देखाएको छ कि थप भिटामिन डी लिँदा भिटामिन डीकै कमीका कारण कमजोर भएको मसल्स ६ महिनामै फेरि पुरानै अवस्थामा फर्कनेछ।

कमजोर हड्डी

भिटामिन डीले मानव शरीरमा रहेको हड्डीलाई बलियो र स्वस्थ्य बनाइराख्ने काम गर्छ। यदि शरीरको कुनै पनि हड्डी भाँच्चियो भने, सम्झनुहोस् शरीरमा भिटामिन डीको कमी भएको छ। शरीरमा भिटामिनट डीको कमी भएका कारण हड्डीमा यस्तो समस्या आउन सक्छ।

वृद्धवृद्धाहरूमा यो समस्या अझै बढी हुन सक्छ। विशेष गरी बढी उमेरका मानिसले शरीरमा भिटामिन डीको मात्रा आवश्यकअनुसार रहे-नरहेको निश्चित गर्न आवश्यक छ।

दुखाइ

शरीरमा रहेको हड्डीमा कहिलेकाहीँ दुखाइ हुनु असामान्य होइन। विभिन्न कारणले हड्डी दुख्न सक्छ। यो सबै उमेरका मानिसमा हुन सक्छ। तर, अरू कारणले हुने यस्ता दुखाइ चाँडै हटेर जाने गर्छ। लामो समयसम्म रहने हड्डीको दुखाइ भने शरीरमा भिटामिन डीको कमीका कारणले भएको हुन सक्दछ। यदि यस्तो समस्या देखिएमा शरीरमा भिटामिन डीको अवस्थाको परीक्षण गर्नुपर्छ।

डिप्रेसन

यदि शरीरमा भिटामिन डीको धेरै कमी भएको छ भने मुडलाई समेत असर गर्न सक्छ। यस्तै, भिटामिन डीको कमीकै कारण डिप्रेसन हुन पनि सक्छ। यदि समयमै यसको उपचार नगरिए यसले अरू ठूलो समस्या निम्त्याउन पनि सक्छ। त्यसैले शरीरमा भिटामिन डीको अवस्थाबारे नियमित परीक्षण गरिरहनुपर्छ।

Previous Post

खोप खरिदको जिम्मा संघको : स्वास्थ्य मन्त्रालय

Next Post

युएईबाट समस्यामा परेका नेपाली भन्छन्- स्वदेश फर्कन पाऊँ

Related Posts

स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

यसरी बनाऊँ जापानिज स्टाइल टेम्पुरा प्राउन

२०८० साउन १३ गते, १९:१६ बजे प्रकाशित
पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?
देशभर

पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?

२०८० साउन ५ गते, ४:१८ बजे प्रकाशित
समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान
लङरिड

समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान

२०८० असार २६ गते, ११:११ बजे प्रकाशित
स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

घरै बसी-बसी बनाऊँ कोरियन किम्बब

२०८० असार १६ गते, १६:३२ बजे प्रकाशित
गर्मीका कारण आँखाको रोग बढ्यो
देशभर

गर्मीका कारण आँखाको रोग बढ्यो

२०८० असार १ गते, १५:४३ बजे प्रकाशित
होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा
देशभर

होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा

२०८० असार १ गते, १३:१२ बजे प्रकाशित
Next Post
युएईबाट समस्यामा परेका नेपाली भन्छन्- स्वदेश फर्कन पाऊँ

युएईबाट समस्यामा परेका नेपाली भन्छन्- स्वदेश फर्कन पाऊँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana