Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home कल्चर/हेरिटेज

तीनपुस्ते होनाचा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ जेष्ठ २ गते, १७:१८ बजे प्रकाशित
in कल्चर/हेरिटेज, लङरिड
0
तीनपुस्ते होनाचा
80
SHARES
Share on FacebookShare on Twitter

पाटनस्थित कृष्ण मन्दिरको ठ्याक्कै पछाडि सानो ढोकाबाट छिरेपछि माटोबाट बनेको पुरानो घर, धुवाँले मैलो बनाएको र कमेरोले पोतिएका भित्ता र काठका थाम देखिन्छन्। साधारण डिजाइनको काठको भर्‍याङछेउमा केही मेच र टेबल छन्। छेउमै बारा, छोयला, कचिला, फोक्सो, जिब्रोलगायत मासुका परिकार ठूलो ताउमा पाक्दै गरेका हुन्छन्। आलु–तामा, तारेको आलु, चिउरा, योमरी र छ्याङको बास्ना आउँछ। नेवारी खाजाका परिकार पाइने ‘होनाचा’ रेस्टुराँको दृश्य हो, यो। यस रेस्टुराँले तीनवटा पुस्तालाई जोडेको छ।

‘होनाचा’ नाम दिइएका रेस्टुराँ पाटन दरबार क्षेत्रमा तीन ठाउँमा छन्- कृष्ण मन्दिरपछाडि, भीमसेन मन्दिरपछाडि र भीमसेन मन्दिरबाट करिब दुई सय मिटर पूर्वपट्टि। तीमध्ये भीमसेन मन्दिरपछाडिको ‘होनाचा पसल’ सबैभन्दा पुरानो हो, जुन कृष्णलाल महर्जन (व्यञ्जनकार)ले १२ वर्षको उमेरमा वि.सं. १९६१ मा खोलेका थिए। भीमसेन मन्दिरबाट दुई सय मिटर पूर्वको रेस्टुराँलाई ‘थ्रिजी होनाचा’ नाम दिइएको छ। ‘थ्रिजी’ अर्थात् तेस्रो पुस्ता। परिवारको तेस्रो पुस्ताले सबै रेस्टुराँ सञ्चालन गरिरहेका छन्।

भीमसेन मन्दिरपछाडिको ‘होनाचा’ किरण व्यञ्जनकार र उनकी पत्नीले सञ्चालन गरिरहेका छन्। अशोक व्यञ्जनकारले कृष्ण मन्दिरपछाडिको ‘होनाचा’ चलाइरहेका छन्। ‘थ्रिजी होनाचा’की सञ्चालक सरु महर्जनका अनुसार उनका हजुरबुबा कृष्णलालको उपनाम ‘होनाचा’ थियो। ‘उहाँले आफ्नो उपनाममा त्यतिवेला खाजाघर खोल्नुभएको हो,’ उनी भन्छिन्, ‘जसलाई हामी नातिनातिनाले निरन्तरता दिएका छौँ।’

हालैको एक मध्याह्न ‘थ्रिजी होनाचा’मा बारा बनाइरहेकी सरुलाई दुई चिनियाँ पर्यटकले कनिकुथी नेपाली भाषामै एक प्लेट अन्डा बारा, एक प्लेट कचिला, चतामारी र आलु–तामा अर्डर गरेर भर्‍याङ उक्लिए। उच्च कोटिका फर्निचर, सफा, चिटिक्क र महँगा रेस्टुराँ छाडेर उनीहरू ‘थ्रिजी होनाचा’ पुगेका थिए। यस रेस्टुराँमा बैंकर, युगल जोडी, परिवारहरू नेवारी परिकार खान आइपुग्छन्। विदेशी पर्यटकमाझ पनि यो लोकप्रिय छ।

भनाइ नै छ- खाना मिठो थकाली, खाजा मिठो नेवारी। होनाचाका तीनवटा रेस्टुराँले यही भनाइलाई पछ्याउँदै आएका छन्। सुपथ मूल्यमा स्वादिलो नेवारी परिकार पस्किनु यी रेस्टुराँको विशेषता हो। सोही कारण नेवारी परिकारका पारखीमाझ यी लोकप्रिय बनेका हुन्। सरुका अनुसार बिहान ११ बजे रेस्टुराँ खुल्नासाथ भीड बढ्न थाल्छ, जुन साँझ बन्द हुने समयमा पनि उत्तिकै रहन्छ। ‘खासगरी, दिउँसो खाजा खाने समयमा पाहुनालाई बस्ने ठाउँ उपलब्ध गराउन गाह्रो पर्छ,’ उनी भन्छिन्, ‘धेरैको रोजाइ छोयला, चिउरा, बारा र आलु–तामा हुने गर्छ।’

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पअघिसम्म कृष्ण मन्दिरपछाडि मात्र ‘होनाचा’ रेस्टुराँ थियो, जुन भूकम्पमा क्षतिग्रस्त भएपछि आ–आफ्ना घरमा तीनवटा रेस्टुराँ सञ्चालनमा ल्याइएको किरण बताउँछन्।

Previous Post

योगेश्वर अमात्य: सांगीतिक तलाउको किनारमा बसेर सुसेल्ने गायक

Next Post

आमाबुबाको बिहेको ऋण तिर्न ……

Related Posts

चर्चा मधेशीको, संकटमा मैथिली !
feature-news-with-image

अभिवादन

२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
feature-news-with-image

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, ११:०९ बजे प्रकाशित
कुलमानको बिजुली बट्टा
feature-news-with-image

गणतन्त्रका महाराजा, महारानीको चर्तिकला

२०८० अशोज ६ गते, ११:०३ बजे प्रकाशित
सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?
लङरिड

सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?

२०८० अशोज ५ गते, १३:२३ बजे प्रकाशित
घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?
लङरिड

घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?

२०८० अशोज ५ गते, ९:२६ बजे प्रकाशित
Next Post
आमाबुबाको बिहेको ऋण तिर्न ……

आमाबुबाको बिहेको ऋण तिर्न ……

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
0

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana