काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न एनआरएनए फाउन्डेसन स्थापना गरेको छ।
विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको एनआरएनएले जनाएको छ।
फाउन्डेसनको प्रस्तावित अध्यक्षमा जीवा लामिछाने छन्। यस्तै लीलामणि पौड्याल, कुलचन्द्र गौतम, मनिषा कोइरालालगायत पनि अभियानमा जोडिएका छन्।
फाउन्डेसनमार्फत एनआरएनएले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारकको जीर्णोद्वार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्ने बताइएको छ।