Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home खेलकुद

काठमाडौं रेजर्सले जित्यो एनएसएलको पहिलो संस्करण

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ जेष्ठ २ गते, ११:२० बजे प्रकाशित
in खेलकुद
0
काठमाडौं रेजर्सले जित्यो एनएसएलको पहिलो संस्करण
74
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेता बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता धनगढी एफसीले १५ लाखमै चित्त बुझायो। काठमाडौंले एनएसएलको उपाधि जित्ने क्रममा धनगढीविरुद्ध मिठो बदला पनि लिएको छ। प्रतियोगिताको लिग र प्लेअफमा यसअघि काठमाडौं धनगढीसँग पराजित भएको थियो। तेस्रो भेटमा काठमाडौंले अघिल्लो दुई पराजयको बदला मात्रै लिएन, धनगढीसँग उपाधि नै खोस्यो।

उपाधि जितेपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले खुसी व्यक्त गरे। ‘यो उपाधि म हाम्रा खेलाडी, प्रशिक्षण टोली, टिम व्यवस्थापन सबैप्रति समर्पण गर्न चाहन्छु। मैले यसअघि भन्दै आए जस्तै हामीले यो उपाधि काठमाडौंमै राख्न सफल भएका छौँ,’ उनले भने, ‘उपाधि जित्न र धनगढीविरुद्ध यसअघि दुईपटक पराजित हुँदा गरेको गल्तीलाई सुधार गर्ने हाम्रा लागि यो अवसर थियो। हामीले त्यो अवसर सदुपयोग गरेका छौँ।’

फाइनल खेलमा काठमाडौंले सुरुवातबाटै सशक्त प्रदर्शन गर्दा धनगढीले भने आफ्नो स्वाभाविक खेल खेल्न सकेन। विशेषगरी, धनगढीले पहिलो हाफमा निकै कमजोर प्रदर्शन गर्‍यो। खेलको पहिलो हाफमा नियमित आक्रमण गरेको काठमाडौंले २१औँ मिनेटमा अग्रता लियो।

विश्वास श्रेष्ठले दिएको छोटो पासमा डी-बक्स लाइनभित्रबाट क्यामरुनी मिडफिल्डर मेसोके अलोउमोउले धनगढीका दुई रक्षकबीचबाट प्रहार गर्दै काठमाडौंलाई १-० ले अघि बढाएका थिए। उनको प्रहारलाई रोक्ने प्रयास गरेका धनगढीका गोलरक्षक किरणकुमार लिम्बू असफल देखिए।

त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल नभएपछि मेसोकेको उक्त गोल नै काठमाडौंलाई उपाधि दिलाउन पर्याप्त बन्यो। यद्यपि, खेलको पूरा अवधिभर दुवै टोलीले गोलका केही राम्रा अवसर खेर फालेका थिए। पहिलो हाफको इन्जुरी समयमा काठमाडौंका मेसोकेले नै एउटा अर्को उत्कृष्ट अवसर खेर फालेका थिए। तेज तामाङले दिएको बललाई धनगढीको डी-बक्सभित्र गोलरक्षक किरणसँगको ‘वान भर्सेस वान’को अवस्थामा मेसोकेको प्रहार पोस्टभन्दा धेरै माथिबाट बाहिरियो।

खेलको दोस्रो हाफमा धनगढीले सुधारिएको प्रदर्शन गर्‍यो। यद्यपि, प्राप्त धेरै अवसर सदुपयोग गर्न नसक्दा धनगढी उपाधिबाट चुक्यो। दोस्रो हाफको सुरुवातमै अर्थात् खेलको ४६औँ मिनेटमा निशान लिम्बुले क्रस गरेको बललाई काठमाडौंका गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसक्दा बुद्धबल तामाङले खाली पोस्टमा प्रहार गर्ने अवसर पाएका थिए। यद्यपि, उनले प्रहार गरेको बल काठमाडौंका रक्षक फ्लोरेन्ट कोएराको खुट्टामा लागेर फर्कियो। खेलमा धनगढीले बनाएको र गुमाएको त्यही पहिलो अवसर थियो।

त्यसपछि खेलको ५२औँ मिनेटमा पुजन उपरकोटीले धनगढीको अर्को उत्कृष्ट अवसर चुकाए। निशान खड्काले प्रहार गरेको कर्नरमार्फत आएको बललाई उनले सिक्स यार्डबाट कसैको पनि अवरोधविना प्रहार गर्ने अवसर पाएका थिए। तर, बलसँग उनले राम्रो ‘कनेक्ट’ गर्न सकेनन्।

खेलको ५६औँ मिनेटमा धनगढीका अशोक खवासले झन्डै २० यार्ड दूरीबाट प्रहार गरेको बललाई काठमाडौंका गोलरक्षक विकेशले क्रसबारबाट बाहिर फ्याँकेका थिए।

खेलको ६५औँ मिनेटमा काठमाडौंको अर्को उत्कृष्ट अवसर खेर गयो। विश्वास श्रेष्ठले दिएको पासमा स्टेफन बिनोङले धनगढीको डी-बक्सभित्र पुर्‍याएर गोलरक्षक किरणसमेत बिट हुने गरी क्रस गरेका थिए। तर, उनको उक्त क्रसलाई खाली पोस्टमा गोल गर्नका लागि काठमाडौंका कुनै पनि खेलाडी त्यहाँ थिएनन्।

खेलको ७४औँ मिनेटमा मेसोकेले झन्डै ३० यार्ड दूरीबाट प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा काठमाडौं अग्रता दोब्बर बनाउने अवसरबाट चुकेको थियो। खेलको ८८औँ मिनेटमा डी-बक्स लाइनबाहिरबाट गरेको सशक्त प्रहार क्रसबारको निकै नजिकबाट बाहिरियो।

उपाधिबाट चुकेपछि धनगढीका नाइजेरियन प्रशिक्षक फुजा टोपेले आफ्ना खेलाडीको प्रदर्शनमा शंका गरे। उनले आफ्नो टोलीले निकै कमजोर प्रदर्शन गरेको स्वीकार गरे। ‘हामीले आज खेलको पहिलो हाफ निकै खराब खेल्यौँ। मेरा खेलाडीले किन त्यसरी खेले भन्ने मलाई पनि थाहा छैन,’ प्रशिक्षक फुजाले भने, ‘दोस्रो हाफमा हामीले सुधारिएको प्रदर्शन गर्‍यौँ। तर, प्राप्त अवसर सदुपयोग गर्न नसक्दा हामी उपाधिबाट चुक्यौँ।’

धनगढीका कप्तान किरणले पनि आफ्ना खेलाडीको प्रदर्शनमा असन्तुष्टि जनाए। ‘पहिलो हाफको खेलमा हाम्रा खेलाडीमा जितको मानसिकता नै देखिएन। फाइनल खेलिरहेका खेलाडीमा जित्नुपर्छ भन्ने व्यवहार नै देखिएन,’ किरणले भने, ‘त्यसका बाबजुद हामीले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्‍यौँ। दोस्रो हाफमा हामीले खेलमा पकड बनाएका थियौँ। तर, प्राप्त अवसर सदुपयोग गर्न सकेनौँ।’

Previous Post

भुटानबाट शरणार्थी शिविर हुँदै नासासम्मको यात्रा

Next Post

तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन

Related Posts

मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

२०८० अशोज ८ गते, १६:०४ बजे प्रकाशित
एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा
खेलकुद

एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा

२०८० अशोज ७ गते, १४:१० बजे प्रकाशित
छैनन् प्रशिक्षक- बिना प्रशिक्षक पदक जित्छन् ब्याडमिन्टन खेलाडी
खेलकुद

छैनन् प्रशिक्षक- बिना प्रशिक्षक पदक जित्छन् ब्याडमिन्टन खेलाडी

२०८० अशोज ७ गते, १३:१९ बजे प्रकाशित
दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
खेलकुद

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

नेपाल पाकिस्तानसँग पराजित

२०८० अशोज ४ गते, २१:१७ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल

२०८० अशोज ४ गते, १९:५४ बजे प्रकाशित
Next Post
तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन

तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana