Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

प्रधानमन्त्री ओलीले आज सपथ लिँदै

Nisesh Pokharel by Nisesh Pokharel
२०७८ बैशाख ३१ गते, ८:११ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
प्रधानमन्त्री ओलीले आज सपथ लिँदै
77
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सपथ लिँदै हुनुहुन्छ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको शपथ ग्रहण शुक्रवार दिउँसो तय गरिएको छ । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ र त्यो सिद्ध गर्न नसके धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि सफल नभए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकी पदमुक्त हुनुभएको थियोे । उहाँले प्रतिनिधिसभामा विश्वासको मत लागि भएको मतदानमा तत्काल कायम २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो ।

ओलीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो । प्रधानमन्त्री ओली कामचलाउ भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिँदै नयाँ सरकारका लागि आह्वान गर्नुभएको थियोे ।

बहुमतको सरकार गठनका लागि ३ दिनसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच प्रयास भएको थियो । तर, अन्तिम समयमा आएर नेकपा एमालेको माधवकुमार नेपाल पक्षको असहयोग र जसपाकै महन्थ ठाकुर ओलीतिर ढल्किँदा गठबन्धनको सरकार बनाउने योजना सफल हुन सकेन ।

बिहीवार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जानकारी राष्ट्रपति कार्यालयका सचिव रूपनारायण भट्टराईले जानकारी दिए ।

ओली यसअघि २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्नुभएको थियो । बिहीवार, एमालेको नेतृत्वमा सरकार बनाउन बिहीवार पार्टीभित्रको असन्तुष्ट पक्षलाई मनाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिनभर प्रयत्न गर्नुभयो ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग गर्नुभएको वार्तामा नेपाल समूहका सांसदले तत्काल राजीनामा नदिने समझदारी बन्यो ।

झन्डै ४ घण्टा भएको वार्तामा कार्यदल बनाएर अघि बढ्ने सहमति भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल समूहका सांसदले सहमतिका लागि अपरा≈न ४ बजेसम्मको समय दिएका थिए । सहमति नभए त्यसपछि राजीनामा दिने बताउँदै आएका थिए ।

वार्तास्थलबाट बाहिरिँदै गर्दा नेपालले राजीनामा तत्काललाई टरेको बताए ।

नेपाल समूहले एमालेलाई नेकपा (माओवादी केन्द्र) सँग एकीकरण हुनुअघिको अवस्थामा फर्काउनुपर्ने माग गरेको थियो ।

Previous Post

कोरोना संकटका बेला आउने बजेट र अपेक्षा

Next Post

वैदेशिक व्यापारमा एकद्वार प्रणाली:सरोकारका निकाय जोड्दै भन्सार विभाग

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
वैदेशिक व्यापारमा एकद्वार प्रणाली:सरोकारका निकाय जोड्दै भन्सार विभाग

वैदेशिक व्यापारमा एकद्वार प्रणाली:सरोकारका निकाय जोड्दै भन्सार विभाग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana