Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home लङरिड

यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ बैशाख १६ गते, ८:२० बजे प्रकाशित
in लङरिड, विज्ञान/प्रविधि
0
यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन
80
SHARES
Share on FacebookShare on Twitter

दीपक अधिकारी-साउथ एसिया चेक

नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजक सञ्जाल प्रयोगकर्ताले यससम्बन्धी विभिन्न सामग्री सेयर गरिरहेका छन्। यसै सिलसिलामा ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय’ भन्दै यस्तो सामग्री सेयर गरिएको छः

३-४ टुक्रा कपुर, ३-४ वटा ल्वाङ, सानो चम्चाको १ चम्चा ज्वानो र २-३ थोपा नीलगिरीको तेल मलमलको सुती कपडामा पोको पारेर बाँध्नुस् र बेला बेलामा सुँघ्नुस्। सुँघिसकेपछि प्लाष्टिकको जिपर ब्यागमा राख्नुस्। नीलगिरीको तेल घरमा छैन भने नराख्दा पनि हुन्छ ।

यो सन्देशसँगै ती सामग्री राखिएको तस्बिर नेपाल टेलिभिजनकी पूर्व समाचार वाचिका रमा सिंहको फेसबुकमा बैशाख १४ गते सेयर गरिएको थियो। उक्त फेसबुक पोस्टमा प्रतिक्रिया जनाउँदै धेरैले जानकारीका लागि सिंहलाई धन्यवाद दिएका छन्।

एकजनाले हिन्दी भाषामा बनाइएको त्यसको भिडियो पनि सेयर गरेकी छन्। सिंहको पोस्टमा ३० वटा प्रतिक्रिया आएका छन् भने त्यसलाई ४ हजारभन्दा बढी सेयर गरिएको छ। उक्त सामग्री ट्वीटरमा यहाँ र यहाँ अनि फेसबुकमा यहाँ र यहाँ सेयर गरिएको छ। भारतमा यस अघि नै भाइरल भएको यो सामग्री नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहको पोस्टबाट फैलाएको देखिन्छ।

तथ्य जाँच

साउथ एसिया चेकले तथ्य जाँच गर्दा यो सामग्री भ्रामक र आधारहीन भएको फेला परेको छ।

आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रूपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन। ‘यी चिजलाई आयुर्वेदमा औषधिको रूपमा वर्णन गरिएको छैन। आयुर्वेदिक औषधि हुनका लागि त त्यससम्बन्धी पुस्तकमा वर्णन गरिएको हुनुपर्‍यो,’ डाक्टर ज्ञवालीले साउथ एसिया चेकलाई बताए।

उनका अनुसार कपुरले रुघा लागेमा नाक खोल्न मद्दत गर्छ भने ल्वाङले कफलाई सुकाउँछ। ‘ज्वानोलाई पनि विभिन्न औषधिमा मिसाइन्छ। छातिसम्बन्धी समस्या भएमा यसमा कफ निकाल्ने वा सुकाउने गुण भएकोले यसको प्रयोग गरिन्छ,’ उनले भने। त्यसैगरी नीलगिरीको तेल अरु चिजसँग मिसाएर भिक्स जसरी लिने गरिएको उनले बताए। ‘त्यसलाई भिक्सको रूपमा प्रयोग गरेर बन्द नाक खुलाउन सकिन्छ। यसले सास फेर्न सजिलो हुन्छ तर अक्सिजन लेभल बढाउँछ भन्ने कुनै प्रमाण छैन।’

काठमाडौंको मुलपानी नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पुष्पमणि खरालले त्यस्ता जडिबुटीको प्रयोगले अक्सिजन लेभल बढ्ने कुनै प्रमाण नभएको बताए। ‘अक्सिजन लेभल बढाउन फोक्सो तन्दुरुस्त हुनुपर्‍यो र कृत्रिम अक्सिजन दिनुपर्‍यो। फोक्सोको एक्सर्साइज गर्नुपर्‍यो,’ उनले साउथ एसिया चेकलाई बताए, ‘अरु उपाय पनि छन्। जस्तो प्रोन पोजिसन (घुँडा र पेटमा सिरानी राखेर घोप्टो परेर सुत्ने), डिप ब्रिदिङ (गहिरो सास लिने) आदि।’ यी प्रक्रियाले सास फेर्न सहज बनाउने उनले बताए।

हामीले गुगलको प्रयोग गरी इन्टरनेटमा प्रकाशित यसबारेका सामग्री खोजी गर्दा ती जडिबुटीको सेवनबाट अक्सिजन लेभल बढ्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै सामग्री फेला परेन। स्वास्थ्य खबर नामक अनलाइनले कपुर र ल्वाङबाट हुने फाइदाको बारेमा सामग्री प्रकाशित गरेको पाइयो।

दुई जना चिकित्सकको भनाइ र अन्य सन्दर्भ सामग्रीको आधारमा उक्त पोस्टमा गरिएको कपुर, ज्वानो, ल्वाङ र नीलगिरीको तेलको प्रयोगले अक्सिजन लेभल बढ्छ भन्ने दाबी भ्रामक र आधारहीन ठहर्छ।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीले तयार पारेको हो)

Previous Post

कथा-लालेको सुईटर

Next Post

फुल कन्ट्याक्ट कराँतेका वरिष्ठ प्रशिक्षक बज्राचार्यको कोरोनाबाट निधन

Related Posts

चम्पादेवी केबलकारप्रति स्थानीयवासी आक्रोसित, बाइपास गरिएकामा रुष्‍ट
feature-news-with-image

चम्पादेवी केबलकारप्रति स्थानीयवासी आक्रोसित, बाइपास गरिएकामा रुष्‍ट

२०८० अशोज ८ गते, ११:२९ बजे प्रकाशित
भारतकाे चन्द्रयान-३ सम्पर्कविहीन
विज्ञान/प्रविधि

भारतकाे चन्द्रयान-३ सम्पर्कविहीन

२०८० अशोज ७ गते, १५:१५ बजे प्रकाशित
चर्चा मधेशीको, संकटमा मैथिली !
लङरिड

अभिवादन

२०८० अशोज ६ गते, १९:४५ बजे प्रकाशित
कुलमानको बिजुली बट्टा
लङरिड

गणतन्त्रका महाराजा, महारानीको चर्तिकला

२०८० अशोज ६ गते, १९:४१ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
लङरिड

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, १९:३९ बजे प्रकाशित
सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?
लङरिड

सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?

२०८० अशोज ५ गते, १३:२३ बजे प्रकाशित
Next Post
फुल कन्ट्याक्ट कराँतेका वरिष्ठ प्रशिक्षक बज्राचार्यको कोरोनाबाट निधन

फुल कन्ट्याक्ट कराँतेका वरिष्ठ प्रशिक्षक बज्राचार्यको कोरोनाबाट निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana