Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

भटमासको प्रशोधित तेल निकासी ३ गुणा बढ्यो

admin by admin
२०७८ बैशाख १३ गते, २०:३३ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
भटमासको प्रशोधित तेल निकासी ३ गुणा बढ्यो
86
SHARES
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निर्यात उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ९ महीनामा १ लाख १९ हजार २०० मेट्रिकटन (मेट) भटमासको प्रशोधित तेल निकासी भएको छ ।

बारा र पर्साका तेल उत्पादकले चालू वर्षको साउनदेखि चैतसम्ममा भारततर्फ निकासी गरेको यो परिमाण अघिल्लो आव २०७६/७७ को समीक्षा अवधिभन्दा ३ गुणा बढी हो । गतवर्ष चैत महीनासम्ममा यो नाकाबाट ३८ हजार ३६ मेट यस्तो तेल निकासी गरेका थिए ।

अघिल्लो वर्षसम्म पाम आयल निकासी गरिरहेका उद्योगी अहिले भटमासको तेलमा केन्द्रित भएका हुन् । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि उद्योगीले भटमास र सूर्यमुखी तेल निर्यात बढाएको भन्सारको तथ्यांकले देखाउँछ ।

स्वदेशी तेल उत्पादकले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएका छन् ।

नेपालबाट निकासी हुने वस्तुको मुख्य सूचीको अग्रस्थानमा भटमासको तेल छ । वीरगञ्ज भन्सारबाट मात्रै चालू आवको ९ महीनामा करीब १९ अर्ब २५ करोड रुपैयाँ बराबर मूल्यको भटमास तेल निर्यात भएको देखिन्छ ।

उद्योगीले यो नाकाबाट वर्षको पहिलो ९ महीनामा ६ हजार ६४० मेट सूर्यमुखी तेल भारततर्फ पठाएका छन् । यो परिमाण भटमासको तेलको तुलनामा कम भए पनि अघिल्लो वर्ष निकासी भएको सूर्यमुखी तेलभन्दा ५७ गुणा बढी हो ।

अघिल्लो वर्षको समीक्षा अवधिमा ११६ मेट सूर्यमुखी तेल भारत निकासी भएको थियो । प्रशोधित तेल निकासी व्यापारमा मुख्य योगदान दिने वस्तु बनेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । गत चैतमा भटमासको तेल अत्यधिक निकासी भएको उनले बताए ।

बितेको चैतमा मात्रै यो नाकाबाट भटमासको तेल १८ हजार ३१२ मेट निकासी भएको छ । यो परिमाण अघिल्लो आवको समीक्षा महीनाको तुलनामा २० गुणा बढी हो ।

गतवर्ष चैतसम्ममा यो नाकाबाट ८९८ मेट भटमासको प्रशोधित तेल निकासी भएको थियो । सूर्यमुखीको तेल निकासी पनि १८ गुणा बढेको देखिन्छ । बितेको चैत महीनामा १ हजार ७५१ मेट सूर्यमुखी तेल भारत निकासी भएको छ । यो परिमाण अघिल्लो वर्षको समीक्षा अवधिमा ९६० मेटमात्र थियो ।

वर्षको शुरुआतदेखि नै प्रशोधित तेल निर्यात हुने मुख्य वस्तुको अग्रस्थानमा छ । यो नाकाबाट जुसजामको निकासी पनि बढेको भन्सारले बताएको छ ।

वीरगञ्ज नाकाबाट जमोठ कपडा, बत्तीसा त्रिफला, च्यावनप्रास र दन्तमञ्जन निर्यात भएको छ । सेन्थेटिक यार्न, स्पोर्टस् सुज, उनी गलैंचा कार्पेट र तयारी कपडा पनि निकासीको मुख्य सूचीमा छन् ।

Previous Post

औद्योगिक क्षेत्रका बेथिति : सम्भाव्यता बारा–पर्सामा, योजना अन्तै !

Next Post

कोरोना त्रासमा अर्थसामाजिक दैनिकी

Related Posts

पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
Next Post
कोरोना त्रासमा अर्थसामाजिक दैनिकी

कोरोना त्रासमा अर्थसामाजिक दैनिकी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana