कैलाली- कोभिड-१९ को जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाले वडाका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ।
यस्तो व्यवस्था १२ वैशाखदेखि लागू हुने उपमहानगरपालिकाले जनाएको छ। अत्यावश्यक सेवाका लागि भने बार पर्खिनु नपर्ने नगरप्रमुख नृपबहादुर वडले बताए। ‘कोरोना जोखिमका कारण उपमहानगरपालिका कार्यालयमा हुने भीडभाड कम गर्न बारअनुसारको सेवा लिने व्यवस्था मिलाइएको हो,’ नगरप्रमुख वडले भने।
वडा १४, १८, र १९ का सेवाग्राहीका लागि आइतबार तोकिएको छ। १२, १५, १६, १७ को सोमबार, १, २, ८ को मंगलबार, ७, ९, १० र १३ को बुधबार, ५, ६, ११ को बिहीबार र ३, ४ नम्बर वडाको शुक्रबार सेवा दिने पालो निर्धारण गरिएको छ।
धनगढी उपमहानगरपालिकाबाट बारअनुसार प्रवाह हुनेबारे नगरवासीलाई जानकारी दिन र सोहीअनुसार व्यवस्था मिलाउन कर्मचारीहरूलाई निर्देशन दिइएको छ।