काठमाडौं- नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका सहुलियतपूर्ण अफर सार्वजनिक गरेको छ।
दैनिक पाँच सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जीबी डाटाको अफर जम्मा रु. २९९ मा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरूको सुविधालाई ध्यानमा राखी जम्मा रु. १२५ मा सबै नेटवर्कमा एक जीबी र फोरजी नेटवर्कमा थप तीन जीबी गरी जम्मा चार जीबी डाटा अफर ल्याइएको छ।
पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ। यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ।
साथै, दुई घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको छ। यो अफर २४ सै घण्टा कुनै पनि समयमा उपयोग गर्न सकिन्छ।
सीडीएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरू कम्पनीकै अन्य सेवामा रूपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरूका लागि विन्टर अफरका रूपमा उपलब्ध विभिन्न अफर र सुविधाहरूमध्ये सीमित अफरहरूलाई मात्र निरन्तरता दिइएको छ। १४१५ डायल गरी यी अफर प्राप्त गर्न सकिनेछ।
नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरूका लागि जम्मा रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा प्याक अफर ल्याइएको छ। यो प्याकअन्तर्गत लिइएको तीन जीबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ।
यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा रु. ९५ मा १.५ जीबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ। यो प्याक सातदिनसम्म चौबीसै घण्टा प्रयोग गर्न सकिन्छ।