Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home कल्चर/हेरिटेज

भक्तपुरका सहरः अरनिको वारि, अरनिको पारि

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ चैत्र १५ गते, १६:१६ बजे प्रकाशित
in कल्चर/हेरिटेज, लङरिड
0
भक्तपुरका सहरः अरनिको वारि, अरनिको पारि
78
SHARES
Share on FacebookShare on Twitter

अरनिको राजमार्गले नेपाललाई चीनसँग मात्र जोड्दैन, भक्तपुरको हकमा पुरातन संस्कार, संस्कृति अनि आधुनिकताबीच विभाजन रेखाको काम पनि गरेको छ।

काठमाडौं- नेपाल र चीन जोड्ने पहिलो सडक हो, अरनिको राजमार्ग। काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको खासासम्म जोड्छ, यस मार्गले। यही राजमार्गले भक्तपुरमा भने सूर्यविनायक र भक्तपुर नगरपालिका गरी दुई महत्त्वपूर्ण हिस्सालाई विभाजन गरेको छ।

काठमाडौंतर्फबाट जाँदा अरनिको राजमार्गको वारि रहेको भक्तपुर नगरपालिका दरबार स्क्वायर, पोट्री स्क्वायर, दत्तात्रेय र न्यातपोल मन्दिरजस्ता पुरातात्त्विक महत्त्वका सम्पदाले भरिपूर्ण छ। पारिपट्टि भने सूर्यविनायक र डोलेश्‍वर महादेव मन्दिर, घ्याम्पेडाँडा, रानीकोटजस्ता मठमन्दिर र पर्यटकीय गन्तव्य छन्। अरनिको राजमार्गले यी दुई नगरपालिकाको प्रशासनिक विभाजन मात्र गरेको छैन, भिन्‍न रहनसहन र संस्कृतिलाई पनि छुट्याएको छ।

बायाँतर्फ भक्तपुर नगरपालिकामा रैथाने नेवार समुदाय र उनीहरूको पुरानो रहनसहन पाइन्छ। दायाँतर्फ बाह्मण, क्षत्री, तामाङ र मंगोलियन समुदायको बाहुल्यता छ। भक्तपुर नगरपालिका क्षेत्रमा पुरातन संस्कृति झल्काउने घरहरू छन्। सूर्यविनायकतर्फ भने आधुनिक जीवनशैली, कंक्रिटका भवन र मिश्रित बसोवास देख्न सकिन्छ। भाषा, बोलीचाली र व्यवसायमा भिन्‍नता पाइन्छ। एकातर्फ परम्परागत शैली र अर्कोतर्फ आधुनिक समाजको ऐनाजस्तो देखिन्छ। भक्तपुरतर्फ हाकुपटासी र दौरासुरुवालमा सजिएका महिला र पुरुषको आवतजावत बाक्लो देखिन्छ। सूर्यविनायकतर्फ ठ्याक्कै नेवारी परम्पराको सिको कम देखिन्छ।

भक्तपुरतर्फ हाकुपटासी र दौरासुरुवालमा सजिएका महिला र पुरुषको आवतजावत बाक्लो देखिन्छ। सूर्यविनायकतर्फ ठ्याक्कै नेवारी परम्पराको सिको कम देखिन्छ।

‘भक्तपुरको पुरानो राजनीतिक र भौतिक प्रणाली अनि आधुनिक समाजबीच विभाजन रेखा बनेको छ, अरनिको राजमार्ग,’ संस्कृतिविद्ते जेश्‍वरबाबु ग्वंग भन्छन्। पुरानो नगर राज्यको झल्को दिन्छ, भक्तपुरले। जतिवेला भक्तपुर नगर बनिसकेको थियो, सूर्यविनायकतर्फ घना जंगल थियो। भक्तपुरकै वरिपरि रहेका नगरकोट र चाँगुनारायण क्षेत्र पनि जंगल नै थिए। भक्तपुरले आफ्नो पुरानो पहिचान कायमै राख्यो। घना जंगल फाँडेर बसेका बस्तीले भने आधुनिक स्वरूप पाए।

भक्तपुरतर्फका नगरकोट र चाँगुनारायणमा पनि केही हदसम्म पुरातन नेवारी संस्कारको झल्को पाइन्छ। बदलियो त केवल सूर्यविनायक नगर क्षेत्र। मिश्रित समुदायको बसोवासका कारण त्यस क्षेत्रमा पुरातन नेवारी संस्कृतिको विस्तार कम भयो। विभिन्‍न जातजातिको विविधता पाइन्छ, त्यस क्षेत्रमा। सूर्यविनायक नगरपालिकाका स्थायी बासिन्दा ग्वंग भन्छन्, ‘मैले घर बनाउँदा वरिपरि फाँट मात्र थियो। घर विरलै थिए। तर, अहिले थोरै खुला स्थान पनि देखिँदैन।’ उनको पैतृक घर भने भक्तपुर नगरपालिकामा पर्छ।

भक्तपुर क्याम्पसमा इतिहास विषयका पूर्वसह-प्राध्यापक विश्‍वमोहन जोशीका अनुसार सूर्यविनायकभित्रका गुन्डु, सिपाडोललगायत स्थानमा पहिल्यैदेखि थोरै नेवार थिए भने ब्राह्मण, क्षत्री र तामाङ जातिको बाहुल्यता थियो। यस्तै, उपत्यकाबाहिरबाट आएकाहरूले पनि त्यहीँ घरजग्गा जोडे। ‘सोहीअनुसारले त्यहाँ रहनसहनको विकसित भयो,’ उनी भन्छन्।

भक्तपुरवासीले परम्परागत जात्रा, पहिरन र जीवनशैलीलाई निरन्तरता दिए। राजमार्ग पारिपट्टि बसेका मिश्रित समुदायले आधुनिकता अंगीकार गरे।

भक्तपुर नगरपालिकाका एकदेखि १० नम्बर वडासम्म पहिल्यैदेखि नेवार समुदायको बसोवास थियो। उनीहरूले नै परम्परागत जात्रा, पहिरन र जीवनशैलीलाई निरन्तरता दिए। अरनिको पारिपट्टि भने मिश्रित समुदायको बसोवासका कारण भक्तपुरभन्दा भिन्‍न रहनसहन विकास भयो। ‘यसखाले विविधतालाई स्वाभाविक मान्‍नुपर्छ,’ जोशी भन्छन्।

नेपाल सरकारले सम्पदा संरक्षणका लागि परियोजना नै सञ्चालन गरेको थियो, भक्तपुरतर्फ। काठमाडौं र पाटनमा रहेका पुरातात्त्विक सम्पदाका लागि पनि उक्त सरकारी योजना कार्यान्वयनमा थियो। सम्पदा संरक्षण अभियान काठमाडौं र पाटनमा भन्दा भक्तपुरमा बढी सफल देखिएको ग्वंग बताउँछन्। उनका अनुसार त्यसको कारण पनि रैथाने नेवार समुदायको बाहुल्यता रहनु हो। ‘आफ्नो घरको माया परिवारकै सदस्यलाई बढी हुने रहेछ,’ ग्वंग भन्छन्, ‘त्यही परिपाटी नेपाल सरकारका योजनाहरूमा पनि लागू भएको पाइन्छ।’

उपत्यकामा देशभरका मानिसको बसोवास छ। दशकौँदेखि यहाँ बसिरहेकाहरूको ध्यान कला र सम्पदाको संरक्षणमा देखिनु स्वाभाविकै हो। हुन त पछि आएका काठमाडौंका बासिन्दामा यहाँका कला र संस्कृतिको जगेर्नामा ध्यान कम देखिँदैन। यहाँको मौलिकता बचाउन उपत्यकाका बासिन्दा सचेत देखिन्छन्। किनकि, त्यही मौलिकतामा पुरातन नेपालको पहिचान संरक्षण गर्दै यहाँको पर्यटकीय विकासको पाटो अन्तरनिहित छ। अरनिको वारि र पारिको विविधता देशभरका लागि उदाहरणीय मान्‍न सकिन्छ।

Previous Post

थ्री नेसन्स कपको फाइनलमा नेपाल र बंगलादेश

Next Post

रोनाल्डोको गोलले पाएन मान्यता, रुष्ट हुँदै फ्याँके क्याप्टेन ब्यान्ड

Related Posts

चर्चा मधेशीको, संकटमा मैथिली !
feature-news-with-image

अभिवादन

२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
feature-news-with-image

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, ११:०९ बजे प्रकाशित
कुलमानको बिजुली बट्टा
feature-news-with-image

गणतन्त्रका महाराजा, महारानीको चर्तिकला

२०८० अशोज ६ गते, ११:०३ बजे प्रकाशित
सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?
लङरिड

सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?

२०८० अशोज ५ गते, १३:२३ बजे प्रकाशित
घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?
लङरिड

घर जाँदैछन् यी ६४ सहसचिव, को को छन् सूचीमा?

२०८० अशोज ५ गते, ९:२६ बजे प्रकाशित
Next Post
रोनाल्डोको गोलले पाएन मान्यता, रुष्ट हुँदै फ्याँके क्याप्टेन ब्यान्ड

रोनाल्डोको गोलले पाएन मान्यता, रुष्ट हुँदै फ्याँके क्याप्टेन ब्यान्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana