काठमाडौं- कांग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ।
राति आठ बजेर २४ मिनेट जाँदा अस्पतालले उनको निधन भएको घोषणा गरेको जोशीको परिवारले पुष्टि गरेको छ।
मस्तिष्कघात भएपछि काठमाडौं नर्भिक अस्पतालमा उपचाररत जोशीको निधन भएको अस्पतालका अधिकारीहरूले पनि पुष्टि गरेका छन्।