लन्डन- कोभिड-१९ बाट अत्यधिक प्रभावितमध्येको एक बेलायतमा एक करोड ५० लाख नागरिकलाई खोप दिइसकिएको सरकारले जनाएको छ।
बेलायतका खोपमन्त्री नदिम जहावीले आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन्।
गत ८ डिसेम्बरमा बेलायतमा कोभिड-१९ विरुद्ध खोप दिन थालिएको थियो।
कोभिड-१९ को सर्वाधिक जोखिममा रहेका ६५ वर्षमाथिका नागरिकलाई सोमबारदेखि खोप दिन थालिने मन्त्री जहावीले जानकारी दिए।