काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ।
समूहले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ मा प्रतिगमन, महँगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ।
फागुन ९ मा उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरूको प्रदर्शन गर्ने पनि समूहले बताएको छ।
यसअघि यो समूहले गत माघ १३ देखि २८ सम्म तेस्रो चरणको आन्दोलन गरेको थियो।