Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home खेलकुद

आईपीएलको अक्सनमा सन्दीप लामिछाने, मूल्य ४० लाख भारु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ फाल्गुन २ गते, १५:०५ बजे प्रकाशित
in खेलकुद
0
आईपीएलको अक्सनमा सन्दीप लामिछाने, मूल्य ४० लाख भारु
72
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- १४औँ इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपालबाट सन्दीप लामिछाने मात्र अक्सनको अन्तिम सूचीमा परेका छन्। गत साता नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसँगै सात खेलाडीलाई आईपीएलको अक्सनमा समावेश गर्न नाम दर्ता गराएको थियो।

विश्वकै चर्चित तथा महँगो टी-२० फ्रेन्चाइज लिग आईपीएलको अक्सनमा नेपालका अन्य सात खेलाडीले अन्तिम सूचीमा आफूलाई समावेश गर्न सकेनन्। सन्दीप, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी तथा विनोद भण्डारीले गत साता अक्सनमा नाम दर्ता गराएका थिए।

सन्दीपबाहेक अन्य सात नेपाली खेलाडीले पहिलोपटक आफ्नो नाम दर्ता गराएका हुन्। आईपीएलले १४औँ संस्करणका लागि शुक्रबार २ सय ९२ खेलाडीलाई अन्तिम रूप दिँदै अक्सनमा समावेश गरेको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जनाएको हो। यसअघि अक्सनमा १ हजार ९७ खेलाडीले आ-आफ्नो नाम दर्ता गराएका थिए। बीसीसीआईले जारी गरेको विज्ञप्तिअनुसार १ सय ६४ जना भारतीय तथा १ सय २५ जना खेलाडी विदेशी छन्।

लिस्टको ६१औँ नम्बरमा सन्दीपको नाम समावेश गरिएको छ। एसोसिएट राष्ट्रबाट तीनजना खेलाडी मात्र अक्सनमा परेका छन्। एसोसिएट राष्ट्रमध्ये अमेरिकाका अली खान र युएईका कात्तिकमा पनि अक्सनमा परेका छन्।

आईपीएलले खेलाडीहरूको मूल्यसमेत निर्धारण गरेको छ। जसअनुसार नेपालका लेग स्पिनर सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु छ।

Previous Post

राष्ट्रिय भलिबलको उपाधि पुरुषतर्फ गण्डकी र महिलातर्फ पुलिसलाई

Next Post

लिभरपुरका प्रशिक्षक क्लप भन्छन्- ‘उपाधि रक्षा अभियान समाप्त भयो’

Related Posts

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

नेपाल पाकिस्तानसँग पराजित

२०८० अशोज ४ गते, २१:१७ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल

२०८० अशोज ४ गते, १९:५४ बजे प्रकाशित
ललित राजवंशीकाे काँधको हड्डी फ्याक्चर, एसियन गेम्स गुमाउने
खेलकुद

ललित राजवंशीकाे काँधको हड्डी फ्याक्चर, एसियन गेम्स गुमाउने

२०८० अशोज ४ गते, १६:४६ बजे प्रकाशित
एसिया कप : ५० रनमै समेटियो श्रीलंका
खेलकुद

भारतले उचाल्यो एसिया कपको उपाधि

२०८० भदौ ३१ गते, १९:०९ बजे प्रकाशित
एसिया कप : ५० रनमै समेटियो श्रीलंका
खेलकुद

एसिया कप : ५० रनमै समेटियो श्रीलंका

२०८० भदौ ३१ गते, १७:४२ बजे प्रकाशित
राहुल र कोहलीको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य
खेलकुद

राहुल र कोहलीको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य

२०८० भदौ २५ गते, १९:१२ बजे प्रकाशित
Next Post
लिभरपुरका प्रशिक्षक क्लप भन्छन्- ‘उपाधि रक्षा अभियान समाप्त भयो’

लिभरपुरका प्रशिक्षक क्लप भन्छन्- ‘उपाधि रक्षा अभियान समाप्त भयो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana