Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

७ करोड खर्चमा हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर बनाउँदै वीरगञ्ज महानगर

Nisesh Pokharel by Nisesh Pokharel
२०७७ माघ २७ गते, १८:२८ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
७ करोड खर्चमा हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर बनाउँदै वीरगञ्ज महानगर
78
SHARES
Share on FacebookShare on Twitter

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर निर्माण थालेको छ । महानगरले हालै सञ्चालनमा ल्याएको फोहोरमैला व्यवस्थापन केन्द्रमा अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि बेग्लै संरचनाको तयारी गरेको हो ।

अस्पतालबाट निस्किने फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गरिनुपर्नेमा अहिलेसम्म यो अभ्यासमा छैन । अस्पतालको फोहोरबाट रोगको संक्रमण फैलिने भन्दै विगतमा सर्वोच्च अदालतले यस्तो फोहोरलाई मापदण्डअनुसार व्यवस्थापन गर्न आदेश दिएको थियो ।

फोहोरमैला व्यवस्थापन ऐनमा अस्पतालबाट निस्किने फोहोरलाई निर्मलीकरण गरेरमात्रै अन्य फोहोरमा मिसाउनुपर्ने प्रावधान छ । तर, अहिलेसम्म यो व्यवस्थाको पालना भएको छैन ।

वीरगञ्ज महानगरले यस्तो फोहोर व्यवस्थापनलाई लक्षित गरी बेग्लै कानून र त्यसअनुसारको मापदण्ड बनाइरहेको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि फोहोरमैला व्यवस्थापन केन्द्रस्थलमै बेग्लै युनिट बनाउन लागिएको वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।

महानगरले मापदण्ड बनाएर यस्तो फोहोर व्यवस्थित तरिकाले विसर्जन गर्न लागेको प्रमुख सरावगीको भनाइ छ । ‘राष्ट्रिय योजना आयोगको अनुदानमा निर्माण भइरहेको हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर यो आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने उद्देश्य छ,’ सरावगीले भने ।

महानगरले ३ महीनाअघि निर्माणको ठेक्का लगाएको हो । समयसीमाभित्रै निर्माण पूरा गर्न अनुगमन भइरहेको र कामको प्रगति सन्तोषजनक रहेको दाबी पनि सरावगीले गरे ।

७ करोड रुपैयाँको लगानीमा फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधिसहितको संरचना तयार हुन लागेको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।
अस्पतालबाट निस्किने फोहोरलाई घरायसी फोहोरजस्तै व्यवस्थापन गर्न नमिल्ने भएकाले निर्मलीकरणका लागि संरचना तयार भइरहेको देवकोटाले बताए । नगरक्षेत्रबाट प्रत्येक दिन करीब ५ मेट्रिकटन अस्पतालजन्य फोहोर निस्किने अनुमान महानगरको छ ।

योमध्ये करीब २ टन फोहोर संक्रमणका दृष्टिले अति जोखिमयुक्त रहेको दाबी महानगरको पूर्वाधार महाशाखाका इन्जिनियर राजीव सिंहले गरे । वीरगञ्जका अस्पताल, नर्सिङ होम, क्लिनिक, प्याथलोजी, औषधि उद्योग र बिक्रेताहरूबाट यस्तो फोहोर उत्पादन भइरहेको छ ।

अस्पतालबाट फोहोरको रुपमा निस्किने मानवअंग, रगत, सुई सिरिन्ज, औजार, म्याद नाघेका औषधिलगायतका फोहोरबाट संक्रमण फैलिने सम्भावना बढी हुने महानगरको स्वास्थ्य महाशाखाले बताएको छ ।

तीन कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको केन्द्रमा अस्पतालजन्य फोहोरलाई उच्च तापक्रममा वाफद्वारा निर्मलीकरण गर्ने प्रविधि राखिने जानकारी इन्जिनियर सिंहले दिए । फोहोर निर्मलीकरण गरेपछि पुनः प्रयोग हुनेलाई छुट्याएर कुहिने फोहोरबाट मिथेन ग्यास बनाउने योजना पनि उनले सुनाए ।

अस्पतालजन्य फोहोर मापदण्ड नपु¥याई विसर्जन गर्दा सरूवा रोगको संक्रमण फैलिनसक्ने र सर्वसाधारणको स्वास्थ्य जोखिममा पर्ने भएकाले छुट्टै व्यवस्थापनको तयारी थालिएको महानगरको योजना अनुगमन तथा सूचना प्रविधि महाशखा प्रमुख सुमन श्रेष्ठले बताए ।

महानगरले फोहोर व्यवस्थापन गरिदिएवापत शुल्क तोक्ने तयारी गरिरहेको जानकारी श्रेष्ठले दिए ।

Previous Post

वीरगञ्जमा खुल्यो हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिक

Next Post

कार्पेट उत्पादनमा लगानी बढाउँदै प्रेस्टिज समूह

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
कार्पेट उत्पादनमा लगानी बढाउँदै प्रेस्टिज समूह

कार्पेट उत्पादनमा लगानी बढाउँदै प्रेस्टिज समूह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana