Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home कल्चर/हेरिटेज

नेपाल मण्डलको सम्पत्ति थाङ्का

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ माघ २४ गते, २१:५० बजे प्रकाशित
in कल्चर/हेरिटेज, देशभर
0
नेपाल मण्डलको सम्पत्ति थाङ्का
83
SHARES
Share on FacebookShare on Twitter

चित्रकार नारायण स्याङतानले ०३५ सालदेखि थाङ्का बनाउँदै आएका छन्। हाल भक्तपुर टुलाछेँस्थित ट्रेडिसनल थाङ्का पेन्टिङ स्कुलका लागि काम गर्छन्, उनी। उनले तयार पारेको एउटा थाङ्का १० वर्षदेखि सोही स्कुलमा छ, जुन बनाउन उनले एक लाख रुपैयाँ ज्याला लिएका थिए। करिब तीन दशकअघि उनले बनाएका थाङ्का पनि छन्, त्यहाँ। ‘यसको अर्थ थाङ्का नबिक्ने भन्ने होइन, यसका छुट्टै पारखी छन्,’ उनी भन्छन्, ‘उनीहरू चित्रको जिउअनुसार अनुहारको आकार र मुद्रा स्केलले नापेर मात्र किन्छन्।’ गहन ज्ञान भएकाहरूले मात्र थाङ्का किन्ने गरेको उनी बताउँछन्।

काभ्रेकी १६ वर्षीया सोनी तामाङले थाङ्का पेन्टिङ सिकेको करिब एक वर्ष भयो। उनी सुरुमा चित्र बनाउँछिन् र त्यसमा रंग भर्छिन्। ‘थाङ्का बनाउन र बुझ्न मानिसमा इच्छाशक्ति हुनुपर्छ,’ उनी भन्छिन्। सूर्यविनायकका शुक्रराज मोक्तान आफ्ना दुई भाइसँग मिलेर थाङ्का बनाउँदै आएका छन्। ‘१५ वर्षदेखि अर्डरअनुसार घरमै बनाउँदै आएका छौं,’ उनी भन्छन्, ‘पौवा तथा तिब्बती दुवै थाङ्का लेख्ने गरेका छौं।’

बौद्धधर्म ग्रन्थअनुसार सिद्धार्थ गौतम, शाक्यमुनि, अभिताभ, कश्यप र दिपांकर गरी बुद्धका विभिन्न स्वरूप छन्। थाङ्कामा यिनै बुद्ध तथा रिम्पोछे, चेरिसी, हरित तारा, श्वेत तारालगायत महागुरू र देवीहरूको स्वरूप अंकित गर्ने गरिन्छ। थाङ्काको मध्य भागमा प्रमुख देवता र छेउछाउमा ठूला-साना देवी-देवताको पनि चित्र अंकित गरिन्छ।

किंवदन्तीअनुसार एक पटक बुद्धले आफ्नो अनुहार इनारमा हेरेछन्। आफ्नो अनुहारलाई दिगो समयसम्म जोगाइराख्ने सोच उनमा आएछ। र, आफ्नो आकृति मोटोमा कोरेछन्। त्यसपछि त्यसलाई कपडामा उतारेछन्। त्यही नै थाङ्काको रूपमा आएको जनविश्वास रहेको चित्रकार स्याङ्तान बताउँछन्। १२ औं शताब्दीमा कोरिएको ‘ह्विल अफ लाइफ’लाई सबैभन्दा पुरानो थाङ्का मानिन्छ, जुन अमेरिकाको लसएन्जलसस्थित संग्रहालयमा छ।

थाङ्का व्यवसायी सरोज पाण्डे १७ वर्षदेखि यस व्यवसायमा आबद्ध छन्। तिब्बत बसाइका क्रममा उनले थाङ्काको सुरुवात ११ औं शताब्दीमा भएको जानकारी बटुलेका छन्। तत्कालीन तिब्बतका राजा स्रङचङ गम्पोले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेका थिए। त्यसक्रममा उनले नेपाली कलाकृति, मूर्ति, बुद्धिजीवी र कलाकारहरू पनि लिएर गएका थिए। उनीहरूले बनाएको पौवा चित्र तिब्बतमा लोकप्रिय बन्यो। ‘र, त्यसैलाई थाङ्का चित्रको रूप दिइएको हो,’ व्यवसायी पाण्डे भन्छन्।

संस्कृतिविद् ओम धौभडेल भने थाङ्कालाई नेपाल मण्डलको सम्पत्ति मान्छन्। भक्तपुर, पाटन र काठमाडौंलाई नेपाल मण्डल भन्ने गरिन्थ्यो। ‘त्यसबेला थाङ्का नभनी ‘पौवा चित्र’ भनिन्थ्यो, जुन हिन्दु धर्मावलम्बीहरूको प्रिय चित्र थियो,’ धौभडेल भन्छन्, ‘पौवामा नारायण, शिव, गणेश, भगवतीहरूका चित्र बनाइन्थ्यो।’ त्यसो त, बुद्धको पौवा चित्र पनि करिब २५ सय वर्ष पुरानो हो। बौद्ध धर्म प्रचारका क्रममा पौवा चित्र तिब्बत पुगेको र तिब्बती शैलीबाट प्रभावित भएर थाङ्का सुरु भएको धौभडेल बताउँछन्।

काठमाडौं कपनस्थित स्याल्पा गुम्बाका लामा पेमा छ्योइतेलका अनुसार अहिलेको थाङ्का तिब्बती शैलीको हो। बौद्धधर्म मान्ने जापान र कोरियामा यसभन्दा भिन्न शैली प्रयोगमा छन् । नेपालका बौद्ध धर्मावलम्बी नेवार समुदायले पौवा थाङ्का बनाउने गर्छन्।

चित्रकार स्याङ्तान भन्छन्, ‘थाङ्का बनाउँदा निकै सिर्जनशील हुनुपर्छ। थाङ्कामा फूल, पात, बादल, पानी, डाँडा थप्ने कुरा सिर्जनशीलतामा भर पर्छ।’ लामा छ्योइतेलका अनुसार थाङ्का बनाउँदा बुद्ध र बौद्ध गुरुहरूको शरीरका अंग-अंगका आकार नापेर सुत्रअनुसार मिलाउनुपर्छ। यस्तै, हात, आँखा र मुद्राहरू पनि मिल्नेगरी लेख्नुपर्छ। थाङ्का बनाउने कपडालाई पहिले क्यान्भासमा स्ट्रेच गरिन्छ। त्यसपछि सरेशको माटो लेपन गरिन्छ। त्यो सुकेपछि कागजजस्तो बन्छ। अनि मात्र स्केच सुरु हुन्छ। त्यसपछि रंग भरिन्छ। अन्तिममा सुनले लेखिन्छ। र, त्यसमाथि ‘जेड’ पत्थरले रगडिन्छ, जसबाट थाङ्कामा चमक आउँछ।

थाङ्का आठ प्रकारका हुन्छन्। ‘मण्डला’ र ‘बुद्धको जीवन इतिहास’लाई थाङ्कामा बढी समेटिएको पाइन्छ। त्यसपछि ‘कालचक्र’ पारखीमाझ लोकप्रिय छ। दलाई लामाको यो थाङ्काले संसारका सबै चिज नाशवान रहेको देखाउँछ। यस्तै, ‘मण्डला’ गोलाकार थाङ्का हो। त्यसबाहेक ‘ह्विल अफ लाइफ’, ‘हरित तारा’, ‘श्वेत तारा’, ‘महांकाल’, ‘अवलोकितेश्वर’ र ‘महिश्य गुरू वैदुर्यप्रभा’ थाङ्काका प्रकार हुन्। नेपालमा लामा जातिले आफ्नो इष्ट देवताका थाङ्का किनेर पुज्ने गर्छन्।

नेपालमा चिनियाँ पर्यटक थाङ्का किन्ने ग्राहकको पहिलो स्थानमा पर्छन्। यहाँबाट जापान, भियतनाम, कम्बोडियाजस्ता बौद्धधर्म मान्ने देशमा बढी निर्यात हुन्छ। नेपालमा दुई सय ५० देखि १५ लाख रुपैयाँसम्मका थाङ्का बन्छन्। थाङ्कामा प्रयोग गर्न विशेष तरिकाले सुनको धुलो बनाइन्छ। सरकारले रंग र सुनको समस्या सम्बोधन गरिदिए थाङ्का तयार पार्न धेरै सहज हुने कलाकारहरू बताउँछन्।

Previous Post

खोकनाको प्राचीनता

Next Post

पुनर्निर्माणपछि चिटिक्क बन्यो पाटन

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
पुनर्निर्माणपछि चिटिक्क बन्यो पाटन

पुनर्निर्माणपछि चिटिक्क बन्यो पाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana