काठमाडौं- गायक कमल खत्रीको नयाँ गीत ‘तिमी छौ र’ सार्वजनिक भएको छ । कमल र अस्मिता अधिकारीको आवाज रहेको गीत ‘तिमी छौ र त’ कमलले आफ्नै युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन् ।
गीतमा शब्द संगीत पनि कमल खत्रीकै छ । हरि हुमागाईंले निर्देशन गरेका गीतको भिडियोमा पल शाह र कविता रायले अभिनय गरेका छन् । गीतले सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा दर्शकको राम्रो साथ पाएको छ ।